पत्रकार महासंघ अध्यक्षमा शिव गाउँले

0


पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको अध्यक्षमा शिव गाउँले निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको उपाध्यक्षमा यसोदा तिम्सिना, महासचिवमा ओम शर्मा, सचिवमा जगत नेपाल र कोषाध्यक्षमा शितल शाह निर्वाचित भएका छन् ।

गाउँले बामपन्थी प्यानलका उमेदवार बनेका थिए । कार्यसमितिमा पनि अधिकांश बामपन्थी प्यानलकै विजयी भएका छन् । झापा निवासी गाउँलेले यसअघि महासंघमा सदस्य र उपाध्यक्ष रहेर काम गरेका थिए ।

केन्द्रीय सदस्यमा प्रतिष्ठान शाखाबाट बालकृष्ण बस्नेत र मातृका पौडेल निर्वाचित भएका छन् । दुवै प्रेस चौतारीका हुन् ।उपत्यकाबाट केन्द्रीय सदस्यमा दीपक पाण्डे र दामोदर तिमिल्सिना निर्वाचित भएका छन् । दुवै चौतारी-क्रान्तिकारी प्यानलका हुन् । मध्यमाञ्चलबाट केन्द्रीय सदस्यमा प्रताप विष्ट र महेश दास विजयी भएका छन् । दुवै प्रेस चौतारीका उम्मेदवार हुन् ।पूर्वाञ्चलमा मोहनकाजी न्यौपाने र सिद्धराज राई विजयी भएका छन् । दुवै प्रेस चौतारीका हुन् ।एसोसिएटमा प्रकाश थापा र उज्वल आचार्य विजयी भएका छन् । थापाले ४२, आचार्यले ३७ र ध्रुव लम्सालले ३३ मत पाए । विजयी दुवै युनियन समर्थित हुन् ।मध्यपश्चिमाञ्चलमा सूर्यमणि गौतम र प्रभात चलाउने विजयी भएका छन् । गौतमले ७२ र चलाउनेले ६३ मत पाए । दुवै चौतारी-क्रान्तिकारी प्यानलका हुन् ।सुदुरपश्चिमाञ्चलबाट दिलबहादुर छत्याल र कर्ण शाह निर्वाचित भएका छन् । छत्याल चौतारी र शाह युनियन समर्थित हुन् ।पश्चिमाञ्चलबाट मोहन चापागाईं र रुद्र भट्ट निर्वाचित भएका छन् । दुवै चौतारी-क्रान्तिकारी प्यानलका हुन् ।कर्णालीबाट प्रेस युनियन समर्थित जयबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ११ मत पाए । उनी युनियन समर्थित हुन् ।

निर्वाचनमा विदेशका ५ शाखासहित देशभरका १ हजार ३ सय २० प्रतिनिधि सहभागी थिए । ३१ सदस्यीय कार्यसमितिका लागि ९८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । १ सय ८ उम्मेदवारमध्ये १० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव तथा कोषाध्यक्षसहित अञ्चल, प्रतिष्ठान, एसोसिएट, समावेशी तथा आरक्षण गरी ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । दुई सदस्य भने नयाँ कार्यसमितिले मनोनीत गर्ने व्यवस्था छ ।

स्रोत : नेपाल जापान डट् कम्

सम्प्रेषक : प्रकाश पराजुली

Tags:

Post a Comment

0Comments

Post a Comment (0)