गौरीगञ्ज सम्मै अप्टिकल फाइवर !

0

नेपाल टेलिकमले लखनपुर १ पाडाजुङ्गी चोकदेखि गौरीगञ्जसम्म अप्टिकल फाइवर विछ्याउने कार्य शुरु गरेको छ ।


झापाको लखनपुर १ को पाडाजुङ्गी चोकदेखि गौरिगञ्ज सम्मको २२ किलोमिटर लामो अप्टिकल फाइवर विछयाउने कार्य शुरु भएको हो । पूर्वपश्चिम राजमार्गमा मात्र मेरुदण्डको रुपमा रहेको अप्टिकल फाइवरलाई राजमार्गको उत्तर दक्षिणका क्षेत्रमा समेत विस्तार गर्ने कार्यक्रम अनुसार काम अगाडि वढाइएको नेपाल टेलिकम दमक शाखाका प्रमुख अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
हालका चालु टेलिफोन लाइनहरु र अब थप हुने नयाँ सुविधाहरुलाई प्रयाप्त नेटवर्क पूर्‍याउन अप्टिकल फाइवरमार्फत इन्टर कनेक्शन गर्न फाइवर विछ्याउने काम शुरु भएको नेपाल टेलिकम दमक शाखाले जनाएको छ ।

भूपाल ! Source : पूर्वेली टाइम्स !

Post a Comment

0Comments

Post a Comment (0)