वर्षका प्रमुख घटना

0
आश्विन कोइराला !
गत वर्ष गिरिजाप्रसाद कोइरालाको मृत्युपछि राजनैतिक अभिभावकत्व प्रदान गर्ने गतिलो नेताको अभाव महसुस भएको थियो । यही अभावमा वर्ष २०६७ प्रारम्भ भयो । यो शून्यता एकीकृत माओवादीका नेता पुष्पकमल दाहालले भर्न सक्थे, तर दाहाल सम्पूर्ण नेपालीको नेता बन्नेभन्दा आफ्नो दललाई तुरु न्तै सरकारमा पुर्‍याएर आफू प्रधानमन्त्री बन्ने दौडमा जुटे । यहि अभियानअन्तरगत गाउँ-गाउँबाट माओवादी कार्यकर्ता काठमाडौं बोलाएर माधव ने पालको सरकारलाई घेर्न अनिश्चितकालीन हड्ताल चल्यो ।

त्यसमा काठमाडौंवासीले साथ नदिएपछि वैशाख २४ गते आन्दोलन फिर्ता लिनुपर्‍यो । कुरा यहाँसम्म ठीकै थियो, आमहड्तालको भोलिपल्ट गरिएको आमसभामा पुष्पकमलले काठमाडौंका बौद्धिक वर्गमाथि विषवमन गर्दै जसरी भाषण गरे, त्यसले कार्यकर्ताको ताली त पायो, तर आमजनता निराश भए । यसले प्रचण्डबाट पुष्पकमल भएका माओवादी अध्यक्षको बढ्दै गएको उचाइ एकाएक घट्न पुग्यो । यो वर्षको पहिलो तीतो घटना

थियो, किनभने जबसम्म्ा

राजनैतिक नेता जनताको नजरमा माथि उठ्न सक्दैनन्, देशवासीको आत्मसम्मान बढ्न सक्दैन ।

गएको वर्ष जेठ १४ गते संविधानसभाको म्याद थप्न माओवादीले माधव नेपालको राजीनामालाई सर्त बनायो । यही सर्तका कारण दुई महिनापछि प्रधानमन्त्री नेपालले राजीनामा दिए । यद्यपि आफू वा आफ्नो अनुकूलको प्रधानमन्त्री बनाउने मात्र राजीनामाको मागको उद्देश्य भएका कारण नयाँ सरकार बन्न ७ महिना लाग्यो । नेपालको इतिहासमा सबैभन्दा लामो कामचलाउ सरकार वर्ष २०६७ ले बेहोर्‍यो । लामो समय सरकार नबन्दा संविधान निर्माणको काम त भएन नै, विकास-निर्माणको कार्य पनि सुस्त हुन पुग्यो । सात महिनापछि बनेको सरकारले पनि अझैसम्म पूर्णता पाउन सकेको छैन । समग्रमा वर्ष २०६७ कामचलाउ वर्षका रुपमा प्रख्यात हुन पुग्यो ।

नेपाली कांग्रेसको महाधिवेशन एवं एकीकृत नेकपा -माओवादी) को प्लेनम बैठक राजनैतिक रूपमा गत वर्षका प्रमुख घटना हुन् । नेपाली कांग्रेसको महाधिवेशनले उक्त दलमा कोइराला परिवारको वर्चस्व कायम रहेको सन्देश दिँदै सुशील कोइरालालाई पार्टी सभापतिका रूपमा स्थापित गर्‍यो । सबैभन्दा महत्त्वपूर्ण कुरा दीपक गिरी, सुरेन्द्र पाण्डे, गगन थापाजस्ता एक दर्जन जुझारु युवा नेता केन्द्रीय समितिमा पुगे । आफ्ना मुद्दा स्थापित गर्न सके कांग्रेसजस्तो पुरानो दलको माथिल्लो पदमा पुग्न कपाल फुलाउनुपर्दैन भन्ने सन्देश महाधिवेशनले दियो । त्यस्तै गोरखाको पालुङटारमा भएको माओवादी प्लेनमको बैठकले उक्त दलका कार्यकर्तामा रहेका कतिपय असन्तुष्टिलाई किनारा लगाउन मद्दत गर्‍यो । मिनी महाधिवेशन मानिएको उक्त बैठकमा पहिले जनविद्रोह कि संविधान निर्माण भन्ने बहसलाई कुनै न कुनै रूपमा किनारा लगाउने काम भयो । पालुङटार बैठकबाटै 'सकेसम्म जनताको संविधान बनाउने तर त्यसमा सफल हुन नसके जनविद्रोहको बाटोमा लाग्ने' निष्कर्ष निकालियो । उक्त निष्कर्ष निकाल्न माओवादी अध्यक्ष प्रचण्डले आफ्ना वै चारिक प्रतिद्वन्द्वी मोहन वैद्य र डा. बाबुराम भट्टराईका नीतिहरूलाई समायोजन गरे । यद्यपि उक्त बैठकले प्रस्ट रूपमा माओवादीभित्र तीन गुटको स्पष्ट खाका कोर्‍यो । मोहन वैद्यले पार्टीको नीति बनाउँदा अध्यक्षले आफ्नो लाइन चोरेको आरोप लगाए भने भट्टराईले आफ्नो अचारजस्तो मीठो सिद्धान्तमा गोबर हालेर खानै नहुने बनाएको आरोप लगाए । वर्षको अन्त्यसम्म आइपुग्दा पनि प्लेनममा उठेका सिद्धान्तको लडाइँ सकिएको छैन, बरु झन्-झन् झ्याँङ्गिदै गएको छ ।

वर्ष २०६७ नेपालका लागि वैदेशिक हस्तक्षेप र चासोका वर्षका रूपमा रह्यो । पहिले सुस्त एवं गोप्य रूपमा हुने व्ौदेशिक हस्तक्षेप यो वर्ष खुला र प्रतिस्पर्धात्मक ढंगले बढ्यो । यसअघि विदेशीले आफ्नो सरकार गिराएको र नयाँ सरकार बनाएको आरोप लगाइरहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार निर्माण गर्दा चिनियाँ आशीर्वाद लिएको चर्चा चल्यो । आफ्नो सरकार बनाउन महरामार्फत चीनबाट ५० करोड रुपैयाँ लिएको चर्चा उत्कर्षमा पुगेपछि चिनियाँ-माओवादी सम्बन्ध देखिनेगरी सतहमा आएको थियो । पछि झलनाथ खनालको सरकार बनाउन पनि चिनियाँहरूको प्रमुख भूमिका रहेको चर्चा छापामा आयो । नेपाली सेनामा भारतीय प्रभाव छ भन्ने विश्लेषण गरिरहेका बेला उसलाई चिनबाट दिइएको अर्बौ रुपैयाँको सहयोगले पनि कुनै न कुनै रूपमा नेपाल भारत-चीनको स्वार्थमा नराम्रोसँग फस्दै गएको संकेत दियो । अन्तर्राष्ट्रिय दातृ निकायमार्फत पनि युरोप-अमे रिकाको विभिन्न स्वार्थ्ाले नेपालका राजनीतिक एवं सामाजिक घटनामा पनि पहिल्यै जस्तै यो वर्ष पनि प्रभाव बढ्यो, घटेन ।

वर्ष २०६७ कामचलाउ वर्षका रुपमा स्थापित भए पनि शान्ति प्रक्रियाका विषयमा ठ्याम्मै काम भएन भन्न मिल्दैन । यो वर्ष माओवादी शिविरमा रहेका तथा अनमिनले अयोग्य घोषणा गरेका लडाकुलाई घर पठाउने काम भयो । त्यसैगरी शान्ति प्रक्रियाको

अभिन्न अंग मानिँदै आएको राष्ट्र संघीय मिसन 'अनमिन'

पनि फर्कियो । यसले शान्ति प्रक्रियालाई नेपालीले नै हल गर्न सक्छन् भन्ने सन्देश दियो ।

यो वर्ष गैरराजनीतिक रूपमा पनि केही घटना महत्त्वपूर्ण रहे । त्यसमध्ये पर्यटन वर्षको घोषणा २०११ महत्त्वपूर्ण थियो । १० वर्ष लामो सशस्त्र द्वन्द्वबाट नेपाल पार भैसकेको सन्देश विश्वभर दिन पर्यटन वर्ष मनाउनु नेपालका लागि अपरिहार्य थियो । सन् २०११ भरिमा १० लाख पर्यटक नेपाल भित्र्याउने महत्त्वाकांक्षी योजनालाई प्रमुख तीन दलले समर्थन मात्र गरेनन्, भ्रमण वर्ष अवधिभर बन्द हड्ताल नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे । यसलाई ब्रायन एडम्स एवं कैलाश खेरजस्ता अन्तर्राष्ट्रिय गायकको नेपालमा भएका कार्यक्रमले थप उचाइ दियो । त्यसैगरी गैरराजनीतिक घटनाका रूपमा विद्युत्मा लागेको संकटकालको घोषणा पनि महत्त्वपूर्ण मानिएको छ । चरम लोडसेडिङको मार खेपिरहेका मुलुकका जनतालाई शीघ्र राहत दिन विभिन्न प्याकेज दिएर निजी क्षेत्रलाई विद्युत्गृह निर्माण गर्न दिने घोषणाले धेरैलाई आशावादी तुल्यायो । विद्युत्गृह निर्माणमा कुनै अवराध सिर्जना गरे संकटकालमा गर्न सकिने सबै अधिकार सरकारले प्रयोग गर्न सक्ने व्यवस्थाले पनि अबका केही वर्षपछि लोडसेडिङको अन्त्य हुने विश्वास पलाएको छ ।

Post a Comment

0Comments

Post a Comment (0)