सूचना प्रविधिमा वर्ष-२०६७

0
अन्य क्षेत्रको तुलनामा सूचना प्रविधिको विकास र विस्तारले यस वर्ष पनि निरन्तरता पायो। राजनीतिक उथल-पुथलबीच यो क्षेत्र आफ्नै गतिमा अघि बढिरह्यो। इ-गर्भनेन्सको अवधारणाअनुसार केही काम सरकारी तहवाटै भएको छ, जसलाई सकारात्मक र उल्लेख्य मान्नैपर्छ। निजी प्रयासवाट भएका कामहरूलाई पनि कम आँक्न मिल्दैन। विश्व बजारमा सार्वजनिक भएका थुप्रै प्रविधि नेपाली वजारमा भित्रिए। यद्यपि जति हुनुपर्ने हो त्यसअनुसार यो वषर् लाई ँउपलब्धिमूलक’ भन्न सकिँदैन।
आइटी पार्क सञ्चालन

काभ्रेपलाञ्चोकस्थित बनेपामा निर्मित आइटी पार्कमा यसै वर्ष आईभीएम कम्पनीले आफ्नो काम सुरु गर्‍यो । हार्डवेयरसम्बन्धी उक्त विश्वव्यापी कम्पनीले उक्त स्थानबाट सम्बन्धित क्षेत्रमा अनुसन्धानका कामहरू थालेको छ । आईभीएमले 'ओपन टेक्नोलोजी रिसर्च सेन्टर' सञ्चालनमा ल्याएको हो । त्यस्तै, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्थापना गरिएको 'इन्र्फमेसन टेक्नोलोजी सेन्टर' पनि यस वर्षको उपलव्धी मान्न सकिन्छ ।
सूचना प्रविधि नीति
वर्षको प्रारम्भतिर संसद्बाट सूचना प्रविधि नीति पारित भएर आयो । सूचना प्रविधिको समग्र विकासका लागि यसलाई एउटा उपलब्धिमूलक सूरुवात मान्न सकिन्छ । नीतिले हार्डवेयर, सफ्टवेयर र मानव स्रोत विकासलाई प्राथमिकतामा राखेको छ । सूचना तथा प्रविधिलाई व्यवहारमुखी बनाउन यो नीतिले सहयोग गर्ने अपेक्षा गरिएको छ । प्रविधिको प्रयोग लगातार बढिरहेको र यसलाई अझ प्रभावकारी बनाउन यसमा तल्लो तहको पहुँच पुर्‍याउन के गर्न सकिन्छ भन्ने कुरालाई पनि नीतिले प्राथमिकता दिएको बताइन्छ । यद्यपि यो नीति आफैंमा पूर्ण भने नभएको जानकारहरू बताउँछन् । करिब १० वर्षसम्म अल्भिmएर आएको नीतिमा थुप्रै कुरा 'अपडेट हुन' बाँकी रहेको जानकारहरू बताउँछन् ।
मोबाइल प्रविधि
मोबाइलको माध्यमबाट वैंकिङ सेवा प्रवाह गर्न सकिने प्रविधि पनि नेपाल भित्रियो । मोबाइलबाटै रेमिटान्स, खरिद भुक्तानीजस्ता कारोबारलाई संसारभर विस्तार गरिरहेको सिंगापुरको कम्पनी हो
युटिवासँग मिलेर केआरएस सलुसन तथा केएफएले भित्र्याएको प्रविधिबाट बैंकिङ कारोबार मात्र नभएर मो बाइलबाट रेमिटान्स र अन्य प्रकारका खरिद भुक्तानी पनि गर्न सकिन्छ ।
इ-टेन्डरको थालनी
यसै वर्षदेखि ठेक्का प्रक्रिया प्रभावकारी, विश्वसनीय एवं सुरक्षित गर्न सरकारले इ-टेन्डरको व्यवस्था गर्‍यो । २५ लाखभन्दा माथिको ठेक्कामा अनिवार्य रूपमा इ-टेन्डरको व्यवस्था गरिएको हो । सडक विभाग, भवन विभाग, सिंचाइ विभाग काठमाडौं उपत्यका सहर विकास समितिलगायत १० वटा सरकारी निकायले इ-टेन्डरको व्यवस्था गरेका छन् । यसले भ्रष्टाचार पनि कम गर्ने विश्वास गरिएको छ ।
बजारमा नयाँ प्रविधि
विश्व बजारमा सार्वजनिक भएका प्रविधिका थुप्रै संस्करण नेपाली बजारमा पनि भित्रिए । २०१० मा अमेरिकी बजारमा उतारिएको एप्पल ट्याब यसवर्ष नेपाली उपभोक्ताको हातमा समेत पुग्यो । सामसुङको ग्यालेक्सीदेखि अरू आधा दर्जन ब्रान्डका ट्याब्लोइड पछिल्ला प्रविधिका रूपमा नेपालमा समेत उपलब्ध हुन थाले ।
सगरमाथा आधार शिविरमा थि्रजी


सगरमाथा आधार शिविरबाट थि्रजी सेवा सञ्चालनमा ल्याइयो । एनसेलले विश्वकै अग्लो स्थानबाट थि्रजी सेवा सञ्चालन गरेको हो ।
क्यान इन्फोटेक
सूचना प्रविधिको क्षेत्रमा भएका नीतिगत तथा संरचनागत निर्माणका यी कामहरूसँगै क्यान इन्फोटेक पनि उल्लेखनीय इभेन्ट सावित हुँदै आएको छ । १७ औं संस्करणअन्र्तगत सञ्चालित यो मेला सूचना प्रविधिका सम्बन्धमा जनमानसमा जानकारी उपलव्ध गराउने राम्रो माध्यम बन्यो । सूचना प्रविधिका क्षेत्रमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकै कारण क्यानले यस वर्ष 'आइसिटी वेस्ट प्राक्टिज एवार्ड' हात पार्‍यो । ओशियन कम्पिटिङ इन्डस्ट्री अर्गनाइजेसनले एसिया क्षेत्रका लागि क्यानलाई यो अवार्ड प्रदान गरेको हो ।

Post a Comment

0Comments

Post a Comment (0)