गजल

0
 Rabindra Adhikari
           ( 1 )
 E-mail : arabindra_13@yahoo.com
     रविन्द्र अधिकारि : कोहबरा -३

तिमी पार म वार, जघार चाहिदैन अब l
थमाईदियौ निम्तापत्र, किनार चाहिदैन अब ll
 
तन मन मुटु धड्कन, रित्ति सके पछि फेरी l
कृत्रिम त्यो हिरा जडित, झार चाहिदैन अब ll




कामना छ तिमीलाई, नविनतम जिन्दगीको l
आफै बग्न सिके मैले, धार चाहिदैन अब ll
 
हराएपछी हरियाली, बसन्त र बहारहरु l
अतीतलाई बल्झाउने, उपहार चाहिदैन अब ll                   
                                  हाल : साउदी अरेबिया 
Tags:

Post a Comment

0Comments

Post a Comment (0)