१. भानु मार्ग :-
गौरादह गाविसबाट डीपु चोक हुदै महारानी गाविस स्कुलचौन बजारबाट कोहबरा गाविसको चप्रमारी , दामुना हुदै खजुरगाछी हुलाकी सडकमा जोड्ने A वर्गको मार्ग हो !
हाल यस बाटो बाट दैनिक ४ ओटा बस संचालित भने २ ओटा बस दामुनामा र १ कोहबरामा बास बस्ने गरेको छ !
लखनपुर गाविस (महेन्द्र राजमार्गको पाडाजुंगीबाट) बाह्र घरे , झर्का हुदै कोहबरा गाविसको वालुबथान, चप्रामारी पुग्ने A वर्गको ग्रावेल सड्क हो ! यातायातको लागि यस बाटो बाट पनि दैनिक १ ओटा बस दमक -बालुबथान गर्ने गर्दछ !
महारानी झोडा गाविसको स्कुलचौंन बजार दक्षिण स्कुल हुदै कृष्ण मन्दिर कोहबरा गाविसको दामुना जोड्ने B वर्गको मार्ग हो ! यस बाटोबाट भने दैनिक दुइओटा बसहरु संचालित रहेका छन् !
महारानी झोडा गाविसको स्कुलाचौंन पूर्वबाट दोरामारी स्कुल हुदै कोहबरा गाविसको वानियानि टोल खजुरगाछी गाविस जोड्ने B वर्गको बाटो हो !