कोहबरा गाविस भएर वहने प्रमुख नदिहरु

0
१. रतुवा नदि :-
    कोहबरा गाउँ विकास समितिको टाउको माथिको जातो भनेर परिचित अत्यन्तै पीडादायी नदि हो ! यो यस गाउँ विकास समितिको वार्ड न. ७ वाहेकका सबै वार्डहरुलाई क्षतविक्षत बनाएर वार्ड न. १, २ र ३ को बीचबाट धार परिवर्तन गरि हाल गाउँ वस्तीछेउ भएर बग्दैछ ! यसले हाल सम्म खेति योग्य ९ सय विघा भन्दा बढी जमिन कटान र ४ वटा गाउबाट तिन सय घर परिवारलाई पुरै विस्तापित गरि अन्यत्र वसोबास गर्न बाध्य तुल्याएको छ ! यसलाइ नियन्त्रण नगर्ने हो भने गाविस कार्यालय भवन , तिन ओटा बजार र ३ विधालयलाई निकट भविष्यमै कटान गरेर बगाउने सम्भावना अत्यधिक रहेको छ ! त्यस तर्फ सबै को ध्यानाकर्षन हुनु जरुरि रहेको छ !
२. चान्दु नदि  :-
    यो नदि माहारानी झोडा गाउँ विकास समिति र कोहवरा गाउँ विकास समितिको सिमा नदीको रुपमा वार्ड न. १ र २ वाट यो हिउद वर्षा निरन्तर रुपमा बगिरहने खोला हो र यो रतुवा नदीमा गइ मिसिन्छ ! यसले नोक्सानी भन्दा पनि सिचाईमा वदी उपयोगी बनेको छ ! यसलाई ब्यबस्थित बाध वाध्ने हो भने कोहबरा आधि भागलाई सिचाई उपलब्ध गराउन सकिन्छ !
३. दामुना खोला : - 
    यो खोला महारानी झोडा गा.वि.स. र कोहबरा गा.वि.स. सिमा हुदै जुरोपानी गाविस र कोहबरा गाविसको पनि सिमाना नदि भइ बग्दछ ! र वार्ड न. ५, ६, ८ र ९ हुदै रतुवामा मिसिने तर वर्षा याममा मात्र चल्ने खोला हो !
४. रामचन्द्रे खोला : - 
    जुरोपानी गाविस र कोहबरा गाविसको सिमा नदीको रुपमा वार्ड न. ७ र ८ हुदै नियमित बग्ने खोला हो ! यसलाई पनि बाध वाढी व्यवस्थित गर्ने हो भने सिचाइका लागि राम्रो मानिन सक्छ !

Post a Comment

0Comments

Post a Comment (0)