रेवत चन्द्र भण्डारीको संयोजकमा विवेकशील साझाको दमक नगर समितिको घोषणा

0

 बैकल्पिक राजनीतिको बलियो जग बसाल्दै आएको विवेकशिल साझा पार्टीले संगठन विस्तारलाई तिब्रगति दिदै आएको छ ।




यसै बिच आज पुष २५ गते शनिबार झापाको दमक नगरपालिकामा विवेकशील साझा पार्टी प्रदेश १ का कार्यबहाक संयोजक महेन्द्र कुमार थापाको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बिच १४ सदस्यीय विवेकशील साझा दमक नगर समितिको घोषणा गरिएको छ।
नव गठित नगर समितिको संयोजकमा युवा व्यवसायी एव विभिन्न संस्थाको नेतृत्व गरिरहनु भएका समाजसेवी रेवत चन्द्र भण्डारीलाई सर्व सम्वत चयन गरिएको छ ।
त्यसैगरी सचिबमा व्यवसायी जय प्रसाद विमली र कोषाध्यक्षमा श्रीमती रिता तामाङ चयन हुनु भएको छ। अन्य सदस्यहरुमा सुमन मोते, तेज कुमार श्रेष्ठ, तिर्थ चाम्लिङ, तेज पाण्डे, दुर्गा घिमिरे, लेख नाथ मिश्र, चन्द्र गौतम, पुजन आचार्य, सुरज शर्मा वन्जरा, प्रकाश घिमिरे, राज कुमार श्रेष्ठ चयन हुनु भएको विवेकशील झापाका संयोजक मेदनी प्रसाईले बताउनु भयो ।

नव गठित दमक नगर समितिका पदाधिकारीहरुलाई विवेकशील साझाका प्रदेश १ का कार्यवाहक संयोजक महेन्द्र प्रसाद थापाले माटोको टीका लगाएर स्वागत गर्नुको साथै आफ्नो क्षेत्रमा सशत्त भएर अघि बढ्न आग्रह गर्नु भएको छ । यसैबिच दमक नगरपालिका वडा नम्बर ८ मा पार्टीको सम्पर्क कार्यालय प्रदेश संयोजक थापाले उद्घाटन समेत गरेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भिम प्रसाद अधिकारीले देशमा सुसस्कृत राजनीतिको जग बसाल्न सचेत युवाहरु नै अघि बढ्नु पर्ने र जनताको असल सेवक बन्न बैकल्पिक राजनीति अपरिहार्य भएको उहाँले बताउनु भएको छ ।
प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्र समेत रहेको दमकमा विवेकशील साझा पार्टीको बलियो उपस्थितिले जनतामा आशा पलाएको स्थानियहरुले बताएका छन् ।


Post a Comment

0Comments

Post a Comment (0)