साउदी / साउदीमा नेपाली कामदारहरू रहेका ७ वटा सप्लाइ कम्पनीले ५ हजार भन्दा बढी नेपाली कामदारलाई आवासबाट निकाली अलपत्र पार्ने काम गरेको साउदीस्थित नेपाली दूताबासले जनाएको छ । दूताबासले आवासबाट निकालिएको गुनासो आउने बितिकै साउदी सरकारका सम्बन्धित निकायलाई अनुरोध गरी पीडित कामदारहरूको आवास र खाद्यन्नको व्यवस्था गरिएको जनाएको छ ।
काम गर्ने स्थानमा खासै जोखिम नभएता पनि काममा जान इन्कार गरेका ४६ जना नेपाली श्रमिकलाई काममा फर्किन समेत प्रेरित गरिएको दूताबासले जनाएको छ ।
एनआरएन र संघसंस्थाहरुको सहयोगमा २५० भन्दा बढी कामदारलाई खाद्यान्नको व्यवस्था गरेको छ भने १२ जनालाई विभिन्न स्थानमा आवासको व्यवस्था मिलाइएको छ । १७१ जनालाई खाद्यान्नको अविलम्व व्यवस्था गर्न सम्बन्धित इजाजतपत्रवाला र रोजगारदातालाई अनुराेध गरिएको जनाएको छ ।
अलपत्र परेका श्रमिकहरुको समस्यालाई समाधान गर्दै जानु दूतावासको पहिलो दायित्व रहेको जनाउदै समस्यामा परेका विरामी, महिला, घरफिर्ति केन्द्र र सेल्टरमा रहेका, अलपत्र एवं गैरकानूनी अवस्थामा पुगेका कामदार, रोजगारी गुमाएका तथा एक्जिट लागेका लगायतका नेपालीहरुले भोग्नुपरेका समस्या र शीघ्र निकासका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसंग आवश्यक समन्वय गरिरहेको जनाएको छ ।
कोरोना संक्रमणको पुष्टि वा आशंकामा क्वारेण्टाइनमा रहेका कैंयौं नेपालीहरु र नेपालमा रहेका कतिपयका परिवारसँग राजदूत तथा अन्य कर्मचारीले सम्पर्क गरी परिवारलाई संक्रमित वा आशंकितका बारेमा जानकारी दिईरहेको दूताबासले जनाएको छ ।
रूघाखोकी लागेका तर कम्पनीले बेवास्ता गरेको भनी दूतावासमा आएका ३७ जना नेपालीहरूलाई नं ९३७ र केहीलाई स्वास्थ्य मन्त्रालयमा फोन गरी स्वास्थ्य सेवाका लागि तोकिएको स्थानमा पठाउने व्यवस्था समेत गरेको दूताबासले जनाएको छ ।
दूतावासका कर्मचारीले पूर्वक्षेत्रका श्रम (मानव संशाधन) मन्त्रालयका महानिर्देशक र उपमहानिर्देशकसंग भेटगरी नेपाली कामदारहरुले भोगिरहेका समस्या समाधानमा सक्रिय पहल गरिदिन लिखित एवं मौखिक अनुरोध गरिएको दूताबासले जनाएको छ ।
अलपत्र परेका श्रमिकहरुको समस्यालाई समाधान गर्दै जानु दूतावासको पहिलो दायित्व रहेको जनाउदै समस्यामा परेका विरामी, महिला, घरफिर्ति केन्द्र र सेल्टरमा रहेका, अलपत्र एवं गैरकानूनी अवस्थामा पुगेका कामदार, रोजगारी गुमाएका तथा एक्जिट लागेका लगायतका नेपालीहरुले भोग्नुपरेका समस्या र शीघ्र निकासका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसंग आवश्यक समन्वय गरिरहेको जनाएको छ भन्ने बारेमा आजको पूर्वेली न्यूजमा यो खबर छ।