साहारा नेपाल साकोस सेवा केन्द्र भौडाहा र सिजुवाले मोरंगको रतुवामाई नगरपालिकामा राहत वितरण

0
मोरंगको रतुवामाई नगरपालिका भित्रका लकडाउन प्रभावित दैनिक ज्याला मज्दुरी गरि जिवन चलाउने अतिबिपन्न परिवारको खाद्यन्न समस्याको समाधानका लागि साहारा नेपाल साकोस सेवा केन्द्र भौडाहा र सिजुवाले ५० हजार बराबरको खाद्यन्न सामाग्री उपलब्ध गराएको छ ।
इलाका प्रबन्धक यादवकुमार बस्नेत , सेवा केन्द्र भौडाहा र सिजुवाका प्रमुख चन्दुलाल बिश्वास र लोकनाथ भट्टराईले नगर प्रमुख रबिन राईलाई आज नगरपालिकाको स्टोर रुममा सो खाद्यन्न सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
बिश्बभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस न्युनिकरणका लागि सरकारले गरेको लक डाउनको समयमा अतिबिपन्न परिवारमा खाद्यन्न समस्या उत्पन्नहुने संभावना देखे पछि संस्थाले आफ्नो कार्य क्षेत्र ( झापा , इलाम,पाँचथर ,उदयपुर ,मोरंग र उदयपुर ) का बिभिन्न स्थानिय तहहरुमा राहात सामाग्री बितरण अभियान सुरु गरेको इलाका प्रबन्धक यादवकुमार बस्नेतले जानकारी दिनुभयो ।
झपाको चापानेमा केन्द्रिय कार्यलय रहेको यस संस्थाले प्रदेश नम्बर १ को कोशि अस्पताल बिराटनगरले सञ्चालन गरेको क्वारेनटाइन केन्द्रलाई समेत १ महिना लाई पुग्ने गरि खाद्य सामाग्री वितरण गरेको सेवा केन्द्र भौडाहाका प्रमुख चन्दुलाल विश्वासले जानकारी दिनुभयो ।
यसै गरि आजै सुनबर्षि नगरपालिकालाई पनि ५० हजार बराबरको खाद्यन्न सामाग्री हस्तान्तरण गरिको र यस अघि मोरंगको कटाहरी र जहदा गाँउपालिकामा साहात सामाग्री बितरण गरी सकिएको इलाका प्रमुख बस्नेतले बताउनुभयो । यो खबरको बारेमा Asim Basnet ले जानकारी गराउनु भएको हो।

Post a Comment

0Comments

Post a Comment (0)