...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली !

Posted on
  • 20 November 2012
  • by
  • Yumesh Pulami
  • in
  • प्रसंग :- , ,
  • नेताहरुको जीवनशैली सधैं जनताकोभन्दा भड्किलो र रवाफपूर्ण हुन्छ । सुबिधासम्पन्न हवेलीको बास, सुबिधासम्पन्न मोटर, दर्जनौं सुरक्षाकर्मी, राजसी खानपानका शौखिन हुन्छन धेरैजसो नेताहरु । नेपालका नेताहरु पनि जीवनशैलीका बिषयमा खुवै बिबादमा आउँछन- गरिव मुलुकका ठाँटिला नेताहरु भनेर ।
    तर दक्षिण अमेरिकी मुलुक उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाले गान्धीको भन्दा पनि सादगी जीवनशैली अपनाएर सन्सारका नेताहरुलाई चुनौती दिएका छन् । सन् २०१० मार्चबाट उरग्वेका राष्ट्रपति रहेका यी ७७ बर्षे बुढा राजधानीको छेउमा श्रीमतिको सामान्य कृषि फार्ममा बस्छन र तलववापत आउने अधिकांश रकम गरिवका लागि दान दिन्छन् ।
    सरकारले दिएको सुबिधासम्पन्न आवास र गाडी त्यागेर श्रीमतिको फार्महाउसमा बस्न थालेका यी बुढाले सागदी जीवनशैली अपनाएर बिश्वका नेताहरुलाई चुनौती दिएका छन भने सवैभन्दा गरिव राष्ट्रपतिको पहिचान पनि बनाएका छन् ।
    श्रीमतिको फार्महाउसमा बसिरहेका उनलाई केवल तीन जना पुलिस र दुई कुकुरले सुरक्षा दिन्छन् । त्यसमध्ये एक कुकुर तीनवटा खुट्टा भएको अर्थात अपाङ्ग छ । आफुले पाउने १२ हजार अमेरिकी डलर तलवमध्ये ९० प्रतिशत दान दिने मुजिकाले श्रीमतिसँगै मिलेर फार्महाउसमा आफै काम गर्छन् ।
    सन् १९६० र ७० को दशकमा कम्युनिष्ट बिद्रोही संगठनको नेतृत्व गरेका यी नेताले ६ पटक गोली खाएका छन भने करिव १४ बर्ष जेल जीवन बिताएका छन् । आफ्नो फूल खेतनिर पुरानो कुर्सीमा बसेका राष्ट्रपति मुजिकाले बीबीसीसँग भने-’मेरो जीवनको अधिकांश समय यस्तै तरिकाले बिताएँ, मसँग जे जति त्यसैबाट राम्रो तरिकाले जीवन जिउन सक्छु ।’ जेलमा बस्दाका तीनै कठिन दिनले आफुलाई सादा जीवन जिउन सिकाएको उनले बताए ।
    राष्ट्रपति बस्ने श्रिमतीको फार्महाउसको घर र उनको सम्पत्तिको नाममा रहेको उनको भक्सवागन गाडी
    सन् २०१० मा उनले आफ्नो सम्पत्ति घोषणा गर्दा उनीसँग एक हजार ८ सय डलर पर्ने भक्सवागनको पुरानो गाडीमात्र थियो ।
    ‘मलाई कँगाल राष्ट्रपति भन्छन तर मलाई त्यस्तो लाग्दैन’ राष्ट्रपति महोदयले भने- गरिव त ती हुन जो आफ्नो रवाफिलो जीवनशैली कामय राख्नका लागि मात्र काम गर्छन जहिले धेरैभन्दा धेरै कमाउन चाहान्छन ।’
    source : OnlineKhabar

    0 प्रतिक्रियाहरु:

    Post a Comment