अब पालो आउटलुकको !

0

इन्टरनेट को पुरानो प्रयोगकर्ता हो भने सम्भवतः पहिलो इमेल एकाउन्ट हटमेल डटकममा खोलिएको हुनुपर्छ । इन्टरनेटसँगको मितेरी झ्यामिएर जाँदै अवस्थामा कतिपयले माइक्रोसफ्टको हटमेललाई बिर्सिसके होला । कतिपयले अझै सोह्र वर्षको हटमेलसँगको मित्रता निरन्तरता दिँदै छन् । याहु, जी-मेल लगायतका पब्लिक इमेलको आगमनसँगै हटमेल छायाँमा पर्न गयो । हटमेलमा आएकामा परिवर्तनहरु ओझेलमा परेको छविलाई उकास्न पर्याप्त देखिएनन् ।
तर आउटलुकले भने आफ्ना समकालीनलाई चुनौती दिने देखिन्छ । माइक्रोसफ्टले आउटलुकलाई अझ सशक्त ढंगले उतारेको छ । झुक्किनु नहुने के हो भने माइक्रोसफ्टले इमेल क्लाइन्ट आउटलुक नभएर आउटलुक डटकमलाई प्रतिस्पर्धाका लागि तयार पारेको छ । आउटलुक डटकम चलनचल्तीका इमेल प्रदायकलाई मात दिन सक्षम देखिन्छ । बजारमा आउटलुकको रोचक फिचरहरुको चर्चा पनि सुरू भइसकेको छ ।
आउटलुकका घतलाग्दा फिचरहरू यस्ता छन् क्लिन इन्टरफेस
झट्ट हेर्दा कुनै मोबाइल डिभाइस एप्लिकेसन जस्तो देखिने आउटलुकको सफा 'युजर इन्टरफेस' ले प्रयोगकर्ताहरूलाई चलाउन आकषिर्त गर्नेछ । विन्डोज फोन र विन्डोज एटको आवरणसँग मिल्दोजुल्दो आउटलुकको इन्टरफेस एकदम मोबाइल डिभाइस प|mेन्डली देखिन्छ । आउटलुकको इन्टरफेसले जी-मेलको इन्टरफेसमा औंला उठाउने मुख्य कारण भनेकै विज्ञापन हो । आम्दानीको सानो हिस्सा भएकाले माइक्रोसफ्टले इमेल सर्भिस पेजमा विज्ञापनलाई बहिष्कार गरेको छ ।
स्टोरेज साइज
कुनै बेला जी-मेलले दुई जीबी स्टोरेज दिँदा हतारहतार जी-मेलमा एकाउन्ट खोल्नेहरू पक्कै आउटलुकको एकाउन्ट आकषिर्त हुनेछन् । जी-मेलले अहिले दस जीबी दिन्छ तर आउटलुकलेे असीमित स्टोरेज दिन्छ साथै आउटलुकमा ठूलो फाइल साइज २५ एमबीसम्म अट्याच गरेर पठाउन मिल्छ । आउटलुकको राइटिङ स्पेस पनि गजबको छ । इमेल पठाउँ-पठाउँ लाग्ने ।
सोसल इन्टिग्रेसन
सोसल नेटवर्क अहिलेको दु्रत जीवनशैलीको अभिन्न अंग भइसक्यो । यहाँसम्म कि यसलाई सोसल मिडिया भन्न थालिएको छ । हामी पनि यसबाट टाढा रहन सक्दैनौं । इमेल र सोसल नेटवर्कलाई एकै ठाउँमा गाँसेरइन्टरनेट को प्रयोगलाई अझै सहज बनाइदिएको छ । टि्वट, स्टेटस अपडेट वा टाइमलाइन पोस्ट पनि आउटलुकबाटै गर्न सकिन्छ । गुगलको जी-प्लस जस्तै माइक्रोसफ्टले पनि आफ्नो छुट्टै सोसल नेटवर्क चाहेको हुनुपर्छ । त्यसैले यामरलाई माइक्रोसफ्टमा गाभ्न ठूलै मूल्य तिरेको हुनुपर्छ । निकट भविष्यमा आउटलुकमा यामर छाउने करिब पक्कापक्की देखिन्छ ।
सेक्युरिटी
माइक्रोसफ्टले आउटलुकमा सेक्युरिटीलाई अझ बढी प्राथमिकता दिएको छ । आउटलुकमा अपनाइएको सेक्युरिटी फिचरहरू समय सापेक्ष सुहाउँदो छ । सधैं प्रयोग हुन पीसी वा मोबाइलबाट बाहेक अरू कुनैबाट आउटलुक चेक गर्न अस्थायी पासवर्डको गर्न सकिन्छ । यो व्यवस्थाले पब्लिक पीसीबाट हुने सम्भावित क्षतिबाट बच्न सकिन्छ । त्यस्तै असुरक्षित लागेको तर इमेल उपलब्ध गराउनै पर्ने अवस्थामा अस्थायी इमेल एकाउन्ट नै बनाउने सुविधाले स्पाम र अनावश्यक न्युजलेटरबाट पनि छुट्कारा पाउन सकिन्छ । अझ इमेल ब्लक गर्ने फिचरले आउटलुक एकाउन्ट सुरक्षित रहेको आभास हुन्छ ।
क्लिन इन्टरफेस, कम इमेजको प्रयोग र खुला ले-आउटले आउटलुकलाई छिटो लोड हुन मद्दत गरेको छ । इमेल सर्टिङ पनि आउटलुकमा प्रशंसायोग्य नै छ । आउटलुकलाई हटमेलको नयाँ रुप भन्दा फरक नपर्ला । हटमेल अझै पनि सबैभन्दा धेरै प्रयोगकर्ताहरु भएको वेबबेस्ड इमेल हो । तर हटमेलको घट्दै गएको लोकपि्रयता नकार्न भने मिल्दैन । आउटलुकले सुरुमै केहीलाई मोहनी लगाइसक्यो, अब धेरै यसप्रति आकषिर्त हुने निश्चित छ ।
Source : eKantipur.com 

Post a Comment

0Comments

Post a Comment (0)