चाहिन्छ .....

1

तिम्रो रुपको तारिफ गर्दिन
मलाई तिम्रो माया चाइन्छ !
तिमीलाई किनेर ल्याउदिन
सुन्दरीहरु यहाँ बजारमा पाइन्छ !!

जिन्दगी तिमिसगै जिउछु
मलाई साचो साथ चाईन्छ !
दुइ दिन भेटेर जाने हैन
जहाँ मिठो मात्र पाइन्छ !!

मिठो नमिठो जे भए पनि
दुइ छाक सगै खाने साथ चाईन्छ !
साचो माया गर्छु
मन बहलाउने यहाँ जति पाइन्छ !!

हरपल तिमीलाई सम्झन पाउ
भेट्दै भुल्ने यहाँ धेरै पाइन्छ !
दुइ दिनको रमाइलोमा जिउने हैन
यो जिन्दगी भरि तिम्रो साथ चाईन्छ !!

कोसिस गर्छु सुख दिने तिमिलाई
चोखो माया भए यहाँ खुसि मात्र पाइन्छ !
एउटा सुन्दर संसार बनाउछु
त्यो संसारमा तिम्रो चोखो साथ चाईन्छ !!!

सर्जक : हरि बराल (झापा )
हाल : युएई
इमेल : jhapalibaral@yahoo.com
सम्प्रेषक : वेदनाथ पुलामी !
Via : Photo

Post a Comment

1Comments

  1. वा हरि जी वा ब्यबहारिक लेख.... अर्को कुरा लेख अनुसारको शिर्षक सुहाऊदिलो भएन !!! हरि जी तपाईका वाक्यहरुमा मालाई औटा बाक्य थप्न म न लग्यो >>>>>“शरीर र अनुहार सँग गरेको प्रेम ति चिजहरुको समाप्ति सगै समाप्त हुन्छ, आत्मा सँग गरेको प्रेम जुगौ जुग सम्म अमर रहन्छ”

    ReplyDelete
Post a Comment