
दिनहरु बित्तै गए, सबै खुशी-सबै प्रसन्न, माथितिर दलहरु छल-फलमा ब्यस्त थिए। छल-फलका खबर आइरहन्थे, "नेपाललाई कुन प्रणालीमा लैजाने ? भारतीय कि चिनिया ??अमेरिकाको अर्थ ब्यबस्ता लागु गर्नु पर्छ, फेरी अर्को पक्ष –होइन जापानकोचाही निको होला आदि-आदि” । हुनपनी हामीलाई के थियो र ! ५/६ घन्टा चर्का घाममा लाइन बसिकन भए पानी, ल्याप्चे ठोकेर ६०१ जनालाई ठाउमा पुर्याएकै थियौ । माननीयहरुले संबिधान बनाईहालछन् । संबिधान बनाउदा-नबनाउदै नेपाललाई सिंगापुर र स्विजरल्याण्ड नै बनाउने पो हुन् कि?
अलिक दिनहरु बिते। एक दिन बाटो हिड्दै गर्दा खेरि अलिक भिड-भाड भएको देखेर नियालेको त ! हाम्रा आदि-बासि नेताज्यू बिचमा उभिएर भाषण गर्नमा मस्त हुनुहुदो रहेछ। "आफ्नो बाहुल्यता, आफ्नो भाषा, पुर्बजकै पालादेखि बसो-बास गर्दै आएको भन्दा भन्दै नेताले यो भुमि त हाम्रै हो नि !” भन्ने अठोट ब्यक्त गरे। मान्छे काला भए पनि सेतो सर्ट लगएकाले प्रस्टै चिनिने एक सज्जनले मेरा छेउमा आएर भने,- "भनि हाल्नुस त हाम्रो मागमा के खराबी छ?” मैले सोच्न समयनै नलगाइ प्याक्क भने - “माग त जायज हो” । आदि-बासिको कुरा सेलाकै थिएन, चौधरी दाजु-भाईले २ दिन नेपाल बन्द गरेर उस्तै किसिमका आफ्ना माग सुनाए। हुन पनि हो त हाम्रा पुर्बी पहाडमा लिम्बु समुदायको बाहुल्यता छैनर?उनीहरु किन पछी हट्ने? अनि लिम्बुवान राज्य घोषणा हुनु परेन त? यही मैकामा ३ दिन पुर्बी ५ जिल्ला ठप्प पारेर लिम्बुवानले पनि आफ्नो अस्तित्व देखायो । त्यस पछी त कता-कता, के-के भो के-के ??नेपालमा बस-गाडी पनि चल्थे रे!!! स्कुलमा पढाई पनि हुन्थ्यो रे!!!!! भन्ने जस्ता दिन पो आउन थाले। यसै बिचमा बाहुनले धोति कस्यो र बाहुन समाजको पनि घोषणाको गर्नु पर्ने ढोल ठोक्यो । फेरी खस क्षेत्रिले अलि पछी न-खस क्षेत्रिले हुदा-हुदा जानी-नजानी भ-यांग बाट खसेर खुट्टो भाँचेको रामे क्षेत्रिले चौतारोमा बसेर गफ लगएको सुन्दा म पो रनभुल्लमा परे, ए तेरिने ! म चाही कता समाउनु कता टेक्नु ? कताको गठबन्धन कताको समाज ? आफ्नै देशमा पो बिदेशी भईन्छ कि क्या हो ...???
एका-देशको कथाहरुमा सुनिन्थे, एक घरमा दुई बुढा-बुढी आकाशबाट फुलौरा बर्सिन्छन् र पेट भरि खाउला भनेर आकाश तिर मात्रै हेर्थे रे ! त्यस्तै हामी नेपालीले पनी बिरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र तिर हेरेको धेरै भयो तर खोई संविधान बर्सिन आटेन । चुनाव पनि सफल भयो, भोट पनि हालियो, बर्समा ५ ओटा सरकार परिबर्तन हुदा पनि सत्ता समिकरण हुन सकेको छैन भनेको सुन्दा नतात्नु पर्ने ठाउको रगत पनि तातेर आउछ । शान्ति प्रक्रिया अगाडी बड्न सकेन रे, ५ बुदे र ७ बुदे सहमति हुन सकेन रे !ए बाबा ई बुंदा पनि कति छन कहिल्यै नसकिने। बजेट आउन सकेन १/२ वर्ष सम्म, १/२ अर्थ मन्त्रि बजेट च्यापेको-च्यापई पलायन भए। उस दिन तिघ्रा ठटाका मेरा बाले -"थुक्क मुला गणतन्त्र” भनेको सुन्दा मन मनै भक्कानो परेर सोच्न बाध्य भए । “ए गाठ्ठे, गर्न सम्म गरे है यी बजिया ६०१ जनावरले त ! देश कता गयो कता, बन्ध र हड्तालको चपेटामा मच्चिदै छ गणतन्त्र, प्रगति र उन्नतिका त कुरै उठ्दैनन । ६०१ जनावर काठमाडौँमा पोसिएका पोसियै छन्, सारा नेपालि पिल्सिएका पिल्सियै छन्, मेरो हिम्मत र तागतले भ्याउने भए, ति ६०१ जनावरलाई पाटाका बोरामा हालेर त्रिशुलीमा खसाल्ने थिएँ।” पत्रिकामा यसो आँखा गाडेको, नेपाल गर्ववती भाकी छे रे ! नयाँ संबिधानको भ्रुण नेपालको गर्वमा हुर्कदै छ भन्ने खबर छापेको र'छ। हामी नयाँ संबिधानको पर्खाइमा बसेका नेपालिलाई यो भन्दा खुशीको कुरा के हुन्छ र?? फेरी झट्टै मेरो दिमाखको कहिल्यै नबलेको बल्ब बल्यो। “ धत् १ ले गर्ववती बनाको भए पो १० महिनामै जन्म हुन्थ्यो संबिधानको, यहाँ त जम्मै ६०१ ले बलात्कार गरेको देश हो नेपाल, ६०१ बाट बार-बार बलाकृत नेपालले यत्ति छिटै त के यस्ता ६०१ ओटा १० महिना कुर्नु पर्ला संबिधान पैदा गर्नलाई। त्यो पनि शंकै लाग्छ साथी हो मलाई त .... बिचैँमा तुहिने पो हो कि ......???
लेखक : हिमाल ओझा
Kolkata
ojha.himal@yahoo.com
सम्प्रेषक : विपिन ओझा
जे होस् संबिधान बिघटन भए पछि पनि दाइको लेख पढ्न पाए...खुसि लग्यो.......
ReplyDelete