माओवादीको दादागिरी

0
बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका लागि झापाको लखनपुरस्थित बाणी उच्च मा.बि.मा विवाद भएपछि एकिकृत नेकपा माओवादी सहितका ८ दलले तालाबन्दी गरेका छन् ।
तालाबन्दीपछि विद्यालयको पठनपाठन ठप्प बनेको छ । एकिकृत माओवादीले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी नलिएको कारण तालाबन्दी गरेको बताएको छ ।
एमाले, काँग्रेस लगायतका दलहरुले उम्मेद्वारी दर्ता गर्ने समयमा पनि माओवादी नआएको कारण दर्ता नभएको बताएका छन् । उनीहरुले एक्ला उम्मेद्वार दिपक आचार्यलाई अध्यक्ष बनाउनुपर्ने माग अघि सारेका छन् ।
विवादका कारण बिद्यालयमा आज बसेको बैठकसमेत स्थगित भएको छ । एमालेका जिल्ला कमिटी सदस्य बेणु शिवाकोटीले माओवादीले अनावश्यक रुपमा बखेडा झिकेको उल्लेख गर्नु भएको छ । माओवादीले प्रस्तावक र समर्थक नराखी मनोनयन गर्न खोजेको र समयभित्र प्रस्तावक र समर्थक नजुटाएकोले उसको मनोनयन दर्ता हुन सकेको बताइएको छ ।
Via : पूर्वेली टाइम्स !
सम्प्रेषक : वेदनाथ पुलामी !
Tags:

Post a Comment

0Comments

Post a Comment (0)