फेसबुक ग्रुपमा भएको कुनै पनि गवितिविधिको नोटिफिकेसन आफ्नो इमेल बक्समा नआउने बनाउनु बनाउन चाहनु हुन्छ ?

0

फेसबुकको ‘कोहबरा अनलाइन (ग्रुप)’ मा सामेल हुनु हुने मित्रहरुलाई एउटा जानकारी गराउन चाहान्छु ! तपाईहरुलाई यो ग्रुपको (कोहबरा अनलाइनको) हरेक गतिविधिहरुको नोटिफिकेसनको  मेसेज  तपाइको मेल बक्स आएर (मेल बक्स भरिएर ) दिक्क लगाएको छ भने !

त्यो मेसेज तपाइको इमेल बक्समा नआउने बनाउने हो कि ? यदि नआउने बनाउने भने यसो गर्नुस  :-

> पहिला तपाइको फेसबुकको Homeमा Click गर्नुस (त्यसको लागी तपाइको Facebook log on हुनु जरुरि छ )

> त्यस पछी देखिने पेजको लेफ्ट साइडमा “कोहबरा अनलाइन’ भएको ठाउमा Click गर्नुस

> अब तपाई उक्त पेजको दाया (Right) साइडको top (माथि) ‘Member’ (114)  र ‘See all’ देख्न सक्नु हुन्छ, हो त्यसको ठिक मास्तिर भएको  (Up) –“Edit Settings” मा Click गर्नुस !

> अनि यस्तो Windows बक्स आउछ

----------------------------------------------

Edit settings for कोहबरा अनलाइन

[ . ] Email notifications to: (eg: muskan_bhai@yahoo.com)

To turn off all group emails, edit your notifications settings.

  • Show this group in home navigation:AlwaysSometimesNever
  • Send me group chat messages

-----------------------------------------------

र त्यसको

" [  ] Email notifications to: (eg: muskan_bhai@yahoo.com)" भन्ने ठाउमा टिक मार्क हटाएर  (remove Tick marks ) र “Save Setting” मा Click गर्नुस ! काम तमाम !

अब देखि तपाईको मेल बक्स सधै खालि र फ्रेश लाख्नु अनि अनाबश्यक मेल चेक गरेर बस्नु पर्ने झन्जट बाट मुक्ति पाउनुस ! धन्यबाद !

     

नोट: यदि तपाई कुनै पनि फेसबुक ग्रुप (कोहबरा अनलाइन जस्तै अरु पनि कुनै ग्रुप ) मा सामेल हुनु भएको छ भने, त्यहाँ पनि यसरि नै त्यसमा भएको गतिविधिको नोटिफिकेसन आफ्नो इमेल बक्समा नआउने बनाउन सक्नु हुन्छ !

अनि फेसबुकको कुनै पनि नोटिफिकेशन इमेल बक्समा नआउने बनाउनको लागि तपाइको 'Account' को 'Account Setting' मा Click गर्नुस !अनि 'notification' भन्ने ठाउमा click गर्नुस अनि त्यहाँ भएको सबै [.] मार्क हटाउनुस [ ] र अन्तमा 'save setting' मा Click गर्नुस ! त्यस पछी कुनै पनि notification तपाइको मेल बक्समा आउदैन ! धन्यबाद !

Post a Comment

0Comments

Post a Comment (0)