झापाका ६ जनालाई राष्ट्रिय सम्मान

0

हरेक बर्ष समाजमा उत्कृष्ठ काम गर्नेहरुलाई सरकारको तर्फबाट प्रदान गरिदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस बर्ष झापाबाट ६ जना व्यक्तित्वहरु विभुषित गरिएको छ।  


राष्ट्रपति विद्यादेवि भण्डारीबाट संविधान दिवसको अवसरमा देश भरबाट सार्वजनिक भएको नाम मध्येबाट झापाबाट ६ जना व्यक्तित्वहरु छनौटमा परेका हुँन् । झाप सहित देशभरका ५९४ जना विभिन्न मानपदवी, अलंकार र पदकबाट विभुषित भएका छन् ।

झापाका ६ जनामा सामज सेवा रत्नबाट अर्जुनधारा–५ का सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी, जनसेवा श्री पञ्चमबाट मेचीनगर–१० निवासी माया गुरुङ, र्कीतिमय राष्ट्रीय चतुर्थबाट बिर्तामोड–१ का विल्सनविक्रम राई छन् ।

त्यस्तै प्रवल जनसेवा श्री चतुर्थबाट दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिमिल्सिना र सशस्त्र प्रहरी बल नेपाल नं. ८ गुल्म काँकरभिट्टाका प्रमुख डिएसपी ज्ञानमणि पौडेल छन् ।

सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिएको छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गरिएको थियो ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले हरेक बर्ष संविधान दिवस पारेर सम्मान गर्दै आएको छ ।


Tags:

Post a Comment

0Comments

Post a Comment (0)