झापाको गौरादह नगरपालिकाले दोश्रो चरणको राहत वितरण कार्यलाई तिब्रता दिएको छ ।

0


झापाको गौरादह नगरपालिकाले दोश्रो चरणको राहत वितरण कार्यलाई तिब्रता दिएको छ । लकडाउनका कारण कोहि  भोको नरहोस् भन्ने उद्देश्यका साथ् नगरले विपन्न परिवारकालागि बुधवारबाट दोश्रो चरणको राहत बाड्न थालेको हो । नगरपालिकाले बुधबारदेखि वडा नम्बर ३ बाट राहत वितरण कार्यको थालनी गरेको हो ।  त्यही अनुरू हिजो शनिवार भने वर्डा नम्बर ६ को टंगुवा, कोहबरा र वीरवल चौकमा राहत वितरण गरिएको थियो भने आज आइतवार दमुना बज़ार, टेलियाडाँगी, हरीरा गाउँमा वितरण गरिने जानकारी वर्डाकार्यालयले गराएको छ।   

अनुगमन पनि गर्दै

विपन्नलाई भनेर दिएको राहत हुनेखानेको हातमा पर्दा वास्तविक पीडित भने मर्कामा पर्ने गरेको गुनासो आएपछि नगरपालिकाले नगरप्रमुखको संयोजकत्वमा, नगर उपप्रमुख, राजनैतिक दलका प्रतिनिधि र संचारकर्मी सम्मिलित अनुगमन समिति गठन गरेको छ ।
सो समितिले राहत वितरण कार्यलाई पारदर्शी र प्रभावकारी बनाउन नगरका विभिन्न वडाहरुमा अनुगमन गरेको छ  ।
कुनै टोलमा एक-दुई जना छुट्नु बाहेक विवादरहित ढंगले राहत वितरण गरेको पाईएको अनुगमन समितिले निष्कर्ष निकालेको छ  । अनुगमनका क्रममा एकदुई परिवार छुट्नु बाहेक राहत वितरणमा पार्टीगत भेदभाव नदेखिएको समितिले ठहर गरेको छ  ।
अहिले राहत पाउन छुटेका वास्तविक पिडितलाई  दुइ- चार दिन भित्रै राहत उपलब्ध गराइने  नगरप्रमुख रोहिकुमार शाहले बताए । राहत वितरण कार्य प्रभावकारी हुनुमा सर्वपक्षीय समितिको भूमिका रहेको बताउछन, उनि । संकटका बेला सबैलाई जिम्मेवार बनाउन सर्वपक्षीय सयन्त्र निर्माण गरिएको उनको भनाइ छ  । 
अनुगमनमा नगरप्रमुख रोहितकुमार शाह,  उपप्रमुख गीता भेटवाल, नेपाली काङ्ग्रेसबाट यादवराज सेडाई, नेकपाबाट मदन अधिकारी, राप्रपाबाट शान्तिराम पौडेल, राजपाका देवीप्रसाद ताजपुरिया, समाजवादीबाट नितेश्वर झा, संचारकर्मीद्वाय सन्तोष विष्ट र युवराज रेग्मी लगयातको सहभागीता रहेको थियो  ।
प्राय: सबै वडामा वितरण गर्ने कार्य सकिन लागेको नगरपालिकाले जनाएको छ  ।र नगरपालिकाले परिवार संख्याका आधारमा राहत स्वरूप चामल, तेल, नुन र दाल वितरण गर्दै आएको छ  । 
स्रोत: ६ को वर्डा कार्यालय र sajalsandesh बाट 

Post a Comment

0Comments

Post a Comment (0)