गौरादह नगरपालिकाले दोश्रो चरणको राहत वितरण सुरु गरेको छ ।

0

झापा – गौरादह नगरपालिकाले विपन्न तथा मजदुर बर्गहरुलाई दोश्रो चरणको राहत वितरण सुरु गरेको छ । नगरपालिकाले दोश्रो चरणको राहत वितरण कार्य वडा नम्बर ३ देखि सुरु गरेको हो ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणको लागि नेपाल सरकारले गरेको लक डाउनका कारण दैनिक मजदुरी गरी खाने बर्गलाई नगरपालिकाले दोश्रो चरणको राहत वितरण कार्य शुरु गरेको हो ।
नगरपालिकाले पहिलो चरणमा ३२ सय २९ घर परिवारलाई राहत वितरण गरेको थियो भने, दोश्रो चरणमा ६ हजार ५ सय ८५ परिवारलाई राहत वितरण कार्य शुरु गरेको नगरप्रमुख रोहितकुमार शाहले बताए ।
नगरपालिकाले पहिलो चरणमा समान दरले राहत वितरण गरेको थियो भने दोश्रो चरणमा संघीय सरकारले तयार गरेको मापदण्ड अनुसार परिवार संख्याका अधारमा राहत वितरण गर्न थालेको नगरप्रमुख शाहले बताए ।
कार्यपालिकाको निर्णयअनुसार दुईजना व्यक्ति भएको परिवारलाई १० किलो चामल, एक किलो दाल, पाँच जनासम्मको परिवारलाई २० किलो चामल, एक किलो दाल र पाँच जनाभन्दा बढी भएको परिवारलाई ३० किलो चामल, १ किलो दाल प्रदान गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।
यस्तै सबै राहत पाउने परिवारलाई एक लिटर तेल र एक के.जी नुन समेत प्रदान गरिने नगर प्रमुख शाहको भनाई छ ।
टोल विकास संस्था र दलका प्रतिनिधिसमेतको समन्वयमा संकलन गरिएको लगतको आधारमा लक्षित घर परिवारलाई दोश्रो चरणको राहत वितरण सुरू गरिएको नगरपालिकाले जनाएको छ ।

स्रोत: sajalsandesh

Post a Comment

0Comments

Post a Comment (0)