बिपत ब्यावस्थापन कोषमा सहारा नेपाल (साकोस )को सहयोग

0
महानगरपालिका मा मेयर लाई चेक हस्तान्तरण गर्दै

महानगरपालिका मेयर भिम पराजुलीलाई लाई चेक हस्तान्तरण गर्दै 

             
झापाको चारपानेमा केन्द्रिय कार्यलय रहेकोे सहारा नेपाल  साकोसले बिराटनगर महानगरपालिकाले स्थापना गरेको बिपत ब्यवस्थापन तथा राहात कोषमा रु एक लाख एघार हजार रुपैया प्रदान गरेको छ। बिराट्नगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई आज सहारा नेपाल साकोसका ईलाका प्रबन्धक द्वाेय यादब कुमार बस्नेत , ओम प्रकाश साह , बिराटनगरका  शाखा प्रमुख रमेश पौडेल र पुस्पलाल चोक प्रमुख सुजित साहले सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो।  मेयर पराजुलीले kovid-19 सग जुध्नका लागि सरकारि तथा निजि क्षेत्रको सहयोग आवस्यक  रहेकोमा जोड दिदै सहयोय गर्ने  सबै मा  धन्यवाद व्यक्त गर्नु भयो। यसै गरि आज रङेली   नगरपालिकालाई पनि ५० हजारको चेक नगरपालिका का मेयर दिलिप कुमार अग्रवालको उपस्तिथिमा ईलाका प्रबन्धक बस्नेत र रङेली शाखा  प्रमुख अजित कुमार साहले हस्तान्तरण गर्नु भयो । त्यसैगरी  ग्राम थान गाउँ पालिका प्रमुख शिव नारायण माझी को उपस्तिथिमा ईलाका सेवा केन्द्र सलकपुर बाट ओम प्रकश साह र तेतरिया का कार्यालय प्रमुख उमेस चौधरीले रु २५ हजार रुपैया बराबरको चेक हस्तान्तरण गरिएयो भनेर साकोसका ईलाका प्रबन्धक द्वाेय यादब कुमार बस्नेतले जानकारी गराउनु भएको छ ।
रङेली का मेयर लाई नगरपालिका मा चेक हस्तान्तरण गर्दै

रङेलीनगरपालिकाको  मेयर दिलिप कुमार अग्रवाल लाई नगरपालिका मा चेक हस्तान्तरण गर्दै  

Post a Comment

0Comments

Post a Comment (0)