दमकमा कोरोना भेटिएपछि चार किल्ला ‘सिल’, सङ्क्रमित पुरुषलाई विराटनगर लगियो

0

दमक– स्थानीय एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि दमक नगरपालिकाले नगरको केही भाग सिल गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दमकका ६२ वर्षीय पुरुषमा शुक्रवार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनलाई रातिनै उपचारका लागि विराटनगर लगिएको छ । विदेशबाट आएका छोरामार्फत उनलाई सङ्क्रमण सरेको स्वास्थ्य अधिकारीहरुको अनुमान छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिले केही भाग सिल गर्दै सबै किसिमका आवतजावत बन्द गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण पुष्टि भए लगत्तै बसेको बसेको समितिको आपतकालिन बैठकले यस्तो निर्णय गरेको नगर उपप्रमुख गीता अधिकारीले बताइन् । सिल गरिएको क्षेत्रका नागरिकमा कोरोना परीक्षण गर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको छ ।
समितिले दमक नगरपालिकाको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म, दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उत्तर सिल गरिएको जनाएको छ । पूर्वमा हिमालय माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्म शिल गरिएको छ । यो चार किल्लाभित्र आवतजावत लगायत कुनै पनि गतिविधि पूर्ण रुपमा निषेध गरिएको छ ।

स्रोत: विवेचना डट कम 

Post a Comment

0Comments

Post a Comment (0)