कृषि तालिमका लागि २ सयलाई इजरायल पठाइने !

1
साना किसानका सन्तानले इजरायलमा तालिमको अवसर पाउने भएका छन् । साना किसान बैंकले २ सय यस्ता युवालाई १० महिने तालिमका लागि त्यहाँ पठाउन लागेको हो । मासुजन्य र अन्य कृषि कर्जा र प्राविधिक सहायता समेत दिइरहेको बैंकले दक्षता अभिवृद्धिका लागि इजरायल पठाउन लागेको हो ।
'इजरायली सरकारबाट हाम्रो अनुरोधलाई स्वीकार गरी २ सयजना किसानका छोराछोरीलाई १०/११ महिने कृषि लालिमको अवसर प्राप्त भएको छ । भविष्यमा यो संख्या वृद्धि गर्दै लगी कृषिमा आधुनिकीकरण भित्र्याउने हाम्रो अर्को लक्ष्य हो,' बैंकका अध्यक्ष खेमबहादुर पाठकले बैंकको १२ औं वाषिर्कोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा भने । उक्त बैंकले विभिन्न चरणको अन्तर्वार्तापछि त्यहाँ जाने युवा छनोट गरिएको हो ।
  १२ वर्षमा बैंकबाट सेवा लिने परिवारको संख्या ३ लाख ५० हजार पुगेको छ । मुलुकभरका ५ सय ६० गाविसका विपन्न तथा साना किसान परिवारले बैंकमार्फत वित्तीय र गैरवित्तीय सुविधा लिइरहेका छन् । तीन सय ७५ सहकारी यसमा आवद्ध छन् । बैंकका अनुसार अन्य ९२ संस्था निर्माणको क्रममा रहेका छन् । निर्माण भइसकेका वित्तीय संस्थाले ८५ लाखसम्मको नाफा गर्न सफल भएको दाबी बैंकको छ ।
बैंकका कार्यकारी अधिकृत जलनकुमार शर्माका अनुसार ०५८ साल असार २२ गते स्थापना भएको उक्त विकास बैंकको अधिकृत पुँजी २४ करोड, जारी पुँजी २० करोड र चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको छ । 'सेयरधनी साना किसान सहकारी संस्थाको संख्या २ सय ३१ भन्दा बढी भइसकेको छ । चुक्ता पुँजीमा संस्थाहरूको सेयरको हिस्सा ५५ प्रतिशतभन्दा बढी छ,' उनले भने, 'सर्वसाधारणका लागि छुट्याइएको ६ करोड रुपैयाँको सेयर निष्कासनको क्रममा छ ।' बैंकले मासुजन्य आयात प्रतिस्थापन गर्न १८ हजार पशुपालक साना किसानलाई १ अर्ब ५ करोड रुपैयाँ रकम लगानी गर्ने लक्ष्य समेत लिएको छ ।
५ जना पुरस्कृत
बंैकमार्फत साना किसानको विकासमा योगदान गरेको भन्दै ५ जनालाई सम्मान गरेको छ । बैंकले कुशेश्वर महतो, पुरुषोत्तम श्रेष्ठ, एकराज उप्रेती, मीना ढकाल र स्वर्गीय पुण्यप्रसाद लम्साललाई -मराणोप्रान्त) सम्मान गरेको हो । साना किसान बैंकमार्फत ग्रामीण भेगको गरिबी न्यूनीकरणमा योगदान पुर्‍याएको भन्दै बैंकले राजधानीमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।
१ सय ल्यापटप वितरण
बंैकले वित्तीय कारोबारमा आबद्ध भएका मुलुकभरका १ सय संस्थालाई ल्यापटप वितरण गर्ने भएको छ । वाषिर्क उत्सवको अवसरमा घोषणा गरी केही समूहलाई ल्यापटप वितरणसमेत गरिसकेको छ ।
साना किसान विकास बैंक मातहतका समूहलाई सम्बन्धित ठाउँमा ल्यापटप पुर्‍याइने बैंक अध्यक्ष पाठकले बताए । 'समूहमा प्रविधिको विकास, आर्थिक पारदर्शिताका लागि अभिलेख राख्ने र उत्पेरणा जगाउनका लागि ल्यापटप दिने अभियान सुरु गरेका हौं,' पाठकले भने, 'ल्यापटप पाउने समूहले कोषमा १० हजार रुपैयाँ रकम राख्नुपर्ने हुन्छ । उक्त रकमले थप संस्थाहरूलाई ल्यापटप दिने अभियान विस्तार गर्दै लैजानेछौं ।'
Source Via : eKantipur.com - See more at: http://ekantipur.com/np/2070/3/23/full-story/371623.html#sthash.hKHcIuYN.dpuf
Tags:

Post a Comment

1Comments

  1. I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail:(adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email:(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete
Post a Comment