सुरूङ्गामा ६०१ को सामूहिक किरिया !

0

समयमा संविधान नलेखेको भन्दै झापाको सुरूङ्गामा सभासदहरुको सामुहिक रुपमा काजक्रिया गरिएको छ । संविधान सभाका सभासदहरुले दलगत स्वार्थमा लागेर थपिएको १ बर्षमा पनि संविधान नलेखेको भन्दै संविधान सभाका ६ सय १ जना सदस्यहरुको सामुहिक रुपमा काजक्रिया गरिएको हो । आज अपरान्ह कन्काई माईमा ६ सय १ जनाको पुत्ला जलाएर सामुहिक केश मुण्डन गरिएको हो । थपिएको समयमा समेत संविधान लेखन कार्य गर्न नसकेका कारण आफ्नो कार्यक्रमको तेश्रो चरण अन्तर्गत ६ सय १ जना सभासदहरुको काजक्रिया गरिएको सहकार्य युवा क्लब सुरूङ्गाका अध्यक्ष प्रविन तिम्सिनाले जानकारी दिनुभयो । कन्काई माईमा अन्त्येष्टि कार्यक्रम तथा केहिवेर सभासदहरुको शोक समेत प्रकट गरिएको थियो । सुरूङ्गा सहकार्य यूवा क्लब र सहकार्य सारथि समुह सुरूङ्गाको आयोजनामा भएको कार्यक्रममा २ दर्जन भन्दा बढिले केश मुण्डन गरी काजक्रियामा सहभागि भए । अन्त्येष्टि कार्यक्रम सम्पन्न भएपछि उनीहरू सुरूङ्गा चौकमा सामुहिक रुपमा काजक्रियामा बसेका थिए । कार्यक्रममा स्थानियवासी, एभरेष्ट युवा क्लब, सामाजिक युवा क्लब, युवा नेतृत्व चेतना समुह पृथ्विनगर, अभियान युवा समुह र ज्ञान ज्योति युवा क्लको सहभागिता रहेको थियो ।

सम्प्रेषक : बेदनाथ पुलामी ( उमेश)

Via : राजेश - पूर्वेली टाईम्स !

Tags:

Post a Comment

0Comments

Post a Comment (0)