...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

सुझाब–पत्र !

Posted on
  • 04 March 2011
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- , ,
  • लेखक : प्रकाश पराजुली

    Prakash Parajuli

    आदरणीय अध्यक्ष ज्यु तथा सदस्यहरु साथै यस ‘प्रवास कोहबरा सम्पर्क मञ्च, दोहा कतार’मा आबद्ध हुनु हुने सम्पूर्ण साधारण सदस्य ज्युहरु ।

    ‘प्रवास कोहबरा सम्पर्क मञ्च, दोहा - कतार !

     

    बिषय :- सुझाब सन्बन्धमा ।

    यस ‘प्रवास कोहबरा सम्पर्क मञ्च, दोहा कतार’को प्रथम महाधिवेशन मिती ०७-०१-२०११ का दिन दोहामा सम्पन्न भएको र उक्त महाधिवेशन द्रारा “हाम्रो अभियान एक बर्ष भित्रमा एम्बुलेन्स सन्चलन् भन्ने नाराका साथ आगामी डिसेम्बर भित्रमा कोहबरा गाविसमा हाम्रो मञ्चको आफ्नै एम्बुलेन्स कुदाउने महत्वकाक्षी योजना लिएको हुदा यस अभियानमा सम्पूर्ण कोहबरेली मित्रहरु एक भएर लाग्नु आवश्यक छ । साथै यस मञ्चमा बसेर अत्यन्त्य महत्वपूर्ण भूमिका निर्बाह गरिरहनु भएका सम्पूर्ण पदाधिकारी महानुभाबहरुले पनि अत्यन्त्य जिम्मेबारीका साथ आफ्नो दाइत्व र जिम्मेबारी पुरा गर्नु पर्ने हुन्छ । सर्व प्रथम त ‘पहिलो माहाधिवेशन द्रारा निर्वार्चित तथा पुन: निर्वार्चित सम्पूर्ण पदाधिकारीहरुमा धन्यबाद सहित बधाई दिन चाहन्छु । आदरणिय साथीहरु विशेष गरी आजको एक्काइसौ शताब्दीमा पनि गाविस एम्बुलेन्स सेवाबाट बन्चित छ । भनौ झापा जिल्लाकै प्रमुख आय श्रोत भएको गाविस भएर पनि आज विकट गाविसको परिचय बनाउन बाध्य छ । विगत लामो समय देखी राजनैतिक तरलताका कारण मुलुकमा विकास निर्माणका कार्यहरु तीव्र रुपमा हुन सकेको छैन । यस सन्दर्भ र क्षणमा यस ‘प्रवास कोहबरा सम्पर्क मञ्च, दोहा कतार’को प्रथम महाधिवेशनले “हाम्रो अभियान एक बर्ष भित्रमा एम्बुलेन्स सञ्चालन” भन्ने नारा सहित एक वर्ष भित्रमा कोहबरा गाविसमा एम्बुलेन्स सञ्चालन गर्ने महत्वकन्क्षी योजना पारित गर्‍यो यो आफैमा गौरव र ऐतिहासिक निर्णय हो । तथापी मञ्चले गरेको निर्णय समय सापेक्षित्, सेवाग्राही तथा आवश्यकीय भएपनी कार्य सम्पादन गर्न अत्यन्त्यै जुझारु र कर्मठ ढङले लाग्नु पर्ने हुन्छ ।

    यो कार्य सफल पार्न २-४ व्यक्तिले मात्र सम्भव नहुने र यसका लागि सम्पुर्ण देश विदेशमा रहनुहुने कोहबरेलीहरुको साथ र सहभागीता आवश्यक हुने हुँदा मञ्चले योजना सफलताका साथ सम्पन्न गर्न ! निम्न ६ चरणमा कार्य विभाजन र जिम्मेवारी बाड्फाड गर्दा कार्य सम्पादन गर्न सहज हुने थियो भन्ने मनसायका साथ यस ‘प्रवास कोहबरा सम्पर्क मञ्च, दोहा कतार’लाई सुझाब तथा सल्लाहको रुपमा पेश गरेको छु । आशा छ मञ्चले यस सुझाबलाई सकरात्मक रुपमा लिनेछ । कार्य तालिका निम्न बमोजिम छ ।

    पहिलो चरण :-      सदस्यता विस्तार ।

    दोश्रो चरण :-    व्यापक प्रचार - प्रसार तथा देश – विदेशमा सम्पर्क

    तेस्रो चरण :-        उप-समितिहरु विस्तार ।

    चौथो चरण :स्थानिय तहमा पहुच पुर्याउने ।

    पचौ चरण :-     व्यापक आर्थिक सङ्कलन ।

    छैटौ चरण :- कार्य सम्पादन (कोहबरामा एम्बुलेन्स सञ्चालन )

    १) सदस्यता विस्तार:-  जुनसुकै संघ सस्थामा दिर्घकालीन रुपमा आफ्ना महत्वपुर्ण र महत्वकांक्षी योजनाहरु सफल पार्नका निम्ति सदस्यहरुको भूमिकानै आधरभुत भूमिका हुने हुँदा यस मञ्चमा पनि व्यापक रुपमा सदस्यता विस्तार गर्नका निम्ति अभियानका रुपम आगामी मार्च महिनाको बैठकमा प्रतेक एकजना सदस्यले थप नया
    एकजना सदस्य बनाउने र यस कार्यक्रमलाई निरन्तरता दिनको लागी मुल समितिको एक सदस्यको
    संयोजकत्वमा एक सदस्य बिस्तार समिती गठन गर्ने । साथै प्रभावकारी ढंगले सदस्य विस्तारका लागि फेब्रुअरी र मार्च महिनालाई “Month of the member”  को रुपमा काम गर्ने ।

    २) व्यापक प्रचार - प्रसार तथा देश – विदेशमा सम्पर्क :- प्रचार्- प्रसार र सम्पर्क विना हाम्रो महत्वकांक्षी योजनालाई हामीले टाढा टाढा सम्मा पुर्याउन नसकिने र आवश्यक साथ, सहयोग पाउन पनि गार्हो हुने हुँदा तिब्र रुपमा इन्टरनेट, टेलिफोन, न्युज पेपर तथा अन्य सञ्चारहरुको प्रयोग गरी सम्बन्धित ठाउँहरु सम्म सम्पर्क तथा प्रचार -प्रसार गर्ने र उक्त कार्यलाई निरन्तरता दिनका निम्ति एक प्रचार प्रसार
    समिती गठन गर्ने । साथै मार्च र अप्रिल महिना लाई “Month of the publicity” को
    रुपमा काम गर्ने ।

    ३) उप-समितिहरु विस्तार:- व्यापक रुपमा सदस्यता बिस्तार गरी बिभिन्न ठाउँ सम्म यस कार्यको पुर्णरुपमा प्रचार्- प्रसार भैसके पछी बिभिन्न ठाउमा छरिएर रहेका कोहबरेलिहरुलाई समेट्दै यस मञ्चमा गोलबन्द गराउन तथा आवश्यक कार्य सम्पन्न गर्नका निम्ति आवश्यक अन्य कार्यहरु समेत गर्ने गरी आवश्यकता अनुसार बिभिन्न मुलुकमा उप -समितिहरु विस्तार गर्ने । उक्त कार्य सम्पन्न गर्नका लागी एक उप्- समिती विस्तार समिती गठन पनि गर्न सकिने साथै मे र जुन महिना लाई “Month of the sub-committee” को
    रुपमा कार्य गर्ने ।

    ४) स्थानिय तहमा पहुच पुर्याउने:- स्थानिय तहमा भएका श्रोत, साधन, जनशक्ति तथा अर्थलाई व्यापक रुपमा परिचालन तथा सदुपयोग गरी स्थानिय तहमा पहुच बढाउने, जसले गर्दा आवश्यक कार्य सम्पन्न गर्नका लागी स्थानिय तहमा मञ्चको गतिबिधी बढाउने र उपभोक्ता, व्यापारी, किसान, शिक्षक, बुद्धिजीवी, राजनैतिककर्मी तथा कर्मचारीहरु सम्म पुगी सन्तुलित ढंगले सहयोग लिने वातावरण बनाउने । जसकालागी स्थानिय तहमा यथासक्य चाडो उप-समिती निर्मण गरी कार्य प्रारम्भ गर्ने । विशेष गरी जुलाई र अगष्ट महिनलाई “Month of the access in local place ” को रुपमा कार्य गर्ने ।

    ५) व्यापक आर्थिक सङ्कलन:- जुनसुकै कार्य गर्नका लागी पनि आर्थिक रुपमा सबल
    हुनु जरुरी हुन्छ तसर्थ मञ्चको कार्ययोजना अनुरुप १ बर्ष भित्रमा एम्बुलेन्स सञ्चालन गर्ने महत्वकांक्षी योजना सम्पन्न गर्नको लागी आर्थिक रुपमा मजबुत हुनु जरुरी हुन्छ ! तसर्थ देश- विदेश, स्थानिय तह, तथा हरेक तप्का बाट ब्यापक रुपमा आर्थिक सङ्कलन गर्न बिभिन्न ठाउँका जनशक्ति तथा उप्-समितिहरु परिचालन गर्ने । उक्त कार्यलाई प्रभाबकारी बनाउन आवश्यक अनुसार एक अर्थ समिती गठन गर्ने । साथै विशेष गरि सेप्टेम्बर र अक्टोबर लाई “Month of the Financial Collection”को रुपमा कार्य गर्ने ।

    ६) कार्य सम्पादन:- सबै क्षेत्रबाट हाम्रा कार्यहरु सम्पन्न हुदै आएपछी
    अन्तिम या मुलभुत कार्य (कोहबरामा एम्बुलेन्स सञ्चालन) हो । पुर्णरुपमा आर्थिक सङ्कलन भैसकेपछी कार्य सम्पन्न (एम्बुलेन्स खरिद) गर्न जती सजिलो देखिए पनि कार्य गर्न भने जटिल नै हुन्छ जस्तो लाग्छ । तसर्थ यस कार्य सम्पादन (अन्तिम चरणको) कार्य सम्पन्न हरेक क्षेत्रमा बुझ बुझारत गरी सहज्, सरल, किफायति, र मितव्ययी हुने गरि प्रत्यक्ष मञ्चको सहभागीतमा वा विशेष समिती मार्फत कार्य सम्पन्न गर्ने र उक्त एम्बुलेन्स
    निष्पक्ष तथा सेवाग्राही ढंगले दिर्घकालीन संचालनका लागी एक दिर्घकालीन कार्य तर्जुमा गरी कार्य सम्पादन गर्ने । साथै नोभेम्बर र डिसेम्बर महिनालाई “Month of the Ambulance” का रुपमा कार्य गर्ने ।

    माथि उल्लेखित सुझाबहरु सहित्, म सम्पूर्ण देश्-विदेशमा रहनु हुने कोहबरेलीहरु सबैमा
    जो जहाँ जसरी रहेपनी आफ्नो गाविसको सानै भएपनी सकरात्मक कार्यका लागी सबै जनाले हातेमालो गरी अगाडी बढ्न आर्थिक, नैतिक्, भौतिक तथा रचनात्मक सबै
    किसिमको सहयोग र सहभागिता जनाइ सहयोग पुर्याइ दिनुहुन बिनम्र अनुरोध सहित यो सुझाब
    पेश गर्दछु ।

     

    धन्यवाद!

    प्रकाश पराजुली

    --------------------

    सल्लाहकार

    ‘प्रवास कोहबरा सम्पर्क मञ्च, दोहा - कतार !

    0 प्रतिक्रियाहरु:

    Post a Comment