...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

प्रवास-कोहबरा सम्पर्क मंच- दोहा कतारको आर्थिक प्रतिबेदन २०१०

Posted on
  • 19 January 2011
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- , ,
  • कोषाध्यक्ष : श्री ओम बहादुर बोगटी
    उपस्थित सम्पूर्ण साथीहरु नमस्कार !!!
    आज हामीहरु कोहबरा गा.बि.स.बाट कामको खोजीमा अर्थात् अर्थ संकलन गर्न सयै युवाहरु बिदेशिएका छौ ! अर्थ पनि संकलन गरिरहेकाछौ ! त्यो संकलित अर्थ कहाँ कस्तो ठाउमा लगानी गर्नु पर्छ कसरी व्यवस्थापन गर्नुपर्छ ! यी महत्वपूर्ण कुराहरु हुन् तर त्यो रकम अनुत्पादनशील क्षेत्रमा लगानी भैरहेको छ या बैकमा फ्रिज भएर रहेको छ ! यहि कारण हो हामी जति वर्ष विदेशी भूमिमा काम गरे पनि जति सुकै अर्थ संकलन गरेपनि हामी आर्थिक रुपमा माथि उठ्न नसकेको !
    भने हाम्रो कोहबरा गा.बि.स को अवस्था पनि यस्तै छ ! विकाशका लागी सरकारबाट बर्सेनि लाखौ रुपैया बिनियोजन हुन्छ र गाविसहरुको लागि ! हाम्रो गा.बि.स. मा प्रसस्तै आफ्नै आन्तरिक आय श्रोत रहेको छ , यति हुदा हुदै पनि किन बिकाशको रुपमा पछि परेको छ त ? कारण यहि हो कि, ती लाखौ रुपैया उत्पादनशिल र रोजगारमुखी क्षेत्रमा लगानी गरिएको छैन, र भएको छैन ! यो कुराहरुलाई यहि थाती रख्दै म बिसय बस्तु तिर प्रवेश गर्न चाहन्छु !
    प्रवास- कोहबरा सम्पर्क मंच दोहा कतारको स्थापना ९ महिना अघि आधुनिक तरिकाबाट सामाजिक कार्य गर्ने उदेश्यले स्थापना गरिएको हो ! यति छोटो समय र थोरै साथीहरुको सहयोगमा हामीहरु धेरै अगाडी बढी सकेका छौ र हाल आएर अहिले सम्ममा जम्मा ४५ जना व्यक्तिहरुलाई सदस्य दिलाउन सफल भएका छौ ! र यो हाम्रो प्रक्रिया जारि नै रहने’छ !
    कुनै पनि सस्था संचालनको गर्दा कुनै न कुनै रुपमा केहि बिबादहरु आउने गर्दछ, विशेषत आर्थिक कारोबारको विषय लाइ लिएर ! त्यहि कुरा लाइ मध्यनजर राख्दै हाम्रो सस्थाको आर्थिक कारोबारलाइ स्पष्ट, पारदर्शी र निस्पक्ष राखेकोकुरा सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउन चाहन्छु ! र भविष्यमा पनि स्पष्ट, पारदर्शी र निस्पक्ष रुपमा राखिने कुराको विश्वाश दिलाउन चाहन्छु !
    यो ९ महिनाको अन्तरालमा ४५ जना साथीहरुलाई हाम्रो सस्थामा आबद् गराएका छौ यो सकारात्मक पक्ष हो दर्ता सुल्क बापत ११ रियल र मासिक सुल्क बापत १५ रियल प्रति महिना संकलन गरिदै आएका थियौ ! तर दिसेम्बेर २०१० देखि मासिक सुल्कमा ५ रियल घटाई १० रियल लीइदै अएका छौ !
    अहिले सम्मको हाम्रो सस्थाको आर्थिक कारोबरको बिबरण यहाँ पेस गर्न चाहन्छु अहिले सम्म अर्थात् अप्रिल २०१० देखि दिसेम्बेर २०१० सम्ममा संकलित जम्मा रकम क.रि २५६५/- र खर्च जम्मा क.रि. ३३६/- गरी बाकी जम्मा बचत रकम क.रि. २२२९ हरेको छ !


    क्र
    मिति
    रकम
    कैफियत
    1
    apr-2010
    495
    दर्ता
    2
    may-2010
    390
    मासिक शुल्क
    3
    jun-2010
    345
    मासिक शुल्क
    4
    july-2010
    315
    मासिक शुल्क
    5
    Aug.-2010
    285
    मासिक शुल्क
    6
    Sep.2010
    210
    मासिक शुल्क
    7
    Oct.2010
    195
    मासिक शुल्क
    8
    Nov-2010
    150
    मासिक शुल्क
    9
    Dec-2010
    80
    मासिक शुल्क
    जम्मा
    2465
    नोवेम्बर २०१० मा निम्न ब्यतिहरुबाट हाम्रो सस्थामा क.रि. १००/- सय सहयोग स्यरूप प्राप्त भएको थियो
    नाम
    रकम
    ओम बहादुर बोगटी
    10
    खड्क बहादुर श्रेष्ठ
    10
    पन्च लाल राजबंशी
    10
    फागु लाल राजबंशी
    10
    भिम प्रसाद ठाकुर
    10
    टिका राम श्रेष्ठ
    10
    तारा श्रेष्ठ
    10
    बेदनाथ पुलामी
    10
    हैरानु राजबंशी
    10
    प्रेम कार्की
    10
    जम्मा
    100
    खर्चको विवरण यसप्रकार छ
    क्र.स
    मिति
    विवरण
    रकम
    कैफियत
    1
    02//2010
    NOTE BOOK
    17
    कार्य समितिको लागि
    2
    04/04/2010
    REGISTER BOOK
    12
    कार्य समितिको लागि
    3
    24/08/2010
    REGISTER BOOK & BALL PEN
    13
    सनैया उप समिति लागि
    4
    05/11/2010
    Helped To Mr. Gopi
    100
    हेअल्थ कार्ड
    5
    20/11/2010
    STAMP PAD
    10
    6
    20/11/2010
    BOOK BINDING
    5
    7
    22/11/2010
    ORAGANIZATION RAGISTER
    129
    भाडा. नास्ता
    8
    23/11/2010
    STAMP CHARGE
    30
    नेपाल बाट जिकाइएको
    TOTAL
    316
    यथार्त कुरा के भन्न चाहान्छु भने हामीहरु अहिले सम्म जम्मा ७ जनाले मात्र नियमित सुल्क भुझएका रहेछौ ! त्यो भनेको जम्मा १५.५५% मात्र हो र दर्तामात्र गर्ने साथीहरु जम्मा १५ जना हुनुहुन्छ, त्यो भनेको ३३.३३% हो ! यदि नियमित रुपमा साथीहरुले मासिक सुल्क भुझउनु भएको भए अहिले सम्ममा जम्मा संकलित रकम क.रि ५२०० सय हुने थियो तर जम्मा २५६५ मात्र संकलन गर्न सफल भएकाछौ ! त्यो भनेको ४९% मात्र सफलता हो !
    त्यसै गरि हाम्रो सस्थासँग केहि आर्थिक योजनाहरु पनि रहेका छन :-
    १, हाम्रो आर्थिक कारोबारलाइ अझ ब्यबस्थित र पारदर्शी बनाउनको लागी लागि प्रतेक सदस्यहरुलाई, ‘मासिक शुल्क फारम- २०११’ वितरण गरिनेछ जहाँ प्रतेक पल्ट जम्मा गरेको रकम उल्लेख गरिएको हुने’छ !
    २. अबको एक वर्ष भित्रमा हामीहरुले यहाँ जम्मा करी १०,००० (दश हजार) संकलन गर्ने योजना छ ! जुन रकम हाम्रो गाविसमा एम्बुलेन्स सञ्चालन गर्नको लागी खर्च गरिने छ !
    ३. हाम्रो कोषमा भएको संकलित रकमलाइ फेब्रुअरी २०११ देखी सदस्यहरु माझ ‘वितिय संचालन’ गरिनेछ !
    धन्यबाद
    कोषाध्यक्ष
    नोट : केहि रकम उक्त माहाधिवेशनका दिन पनि उठेको र नया सदस्य संख्या पनि बढेको छ ! यसको विबरण हामी पछी प्रकाशित गर्ने छौ !

    0 प्रतिक्रियाहरु:

    Post a Comment