...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

प्रवास -कोहबरा सम्पर्क मंच, दोहा -कतारको सांगठनिक प्रतिबेदन २०११

Posted on
  • 13 January 2011
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- , ,
  • (मंचका बर्तमान अध्यक्ष श्री भिम ठाकुर द्रारा प्रस्तुत –“प्रवास -कोहबरा सम्पर्क मंच, दोहा -कतारको सांगठनिक प्रतिबेदन २०११” - को सारलाइ यस पोस्टमा राख्ने जमर्को गरेका छौ !)
    bhim thakurयहाँ उपस्थित सम्पूर्ण साथीहरु हार्दिक नमस्कार !!
    रतुवा खोलाको धारमा अबस्थित र यस खोलाको बर्खे भेलले सयौ विगाह जमिनको कटान र पुरान बाट हैरान बनेको ,झापाको ब्यापारिक केन्द्र दमक बाट २० कि.मि. दक्षिण र अर्को पुरानो बजार गौरीगन्ज बाट करिबन ५ कि.मि. पश्चिममा अबस्थित उत्तरमा लखनपुर ,पूर्वमा महारानी झोडा र जुरोपानी , दक्षिण मा खजुरगाछी र पश्चिममा मोरंग सँग सिमा छुट्याउने गरी रतुवा खोलाले सिमाना बाधेको छ ! झापा जिल्लामा ४७ गाविस र ३ नगरपालिकामा रहेको छ, जिल्लाको दोस्रो आन्तरिक आम्दानी हुने गाविसको नाम हो कोहबरा, यसलाई अर्को शब्दमा भन्नु पर्दा सुगम जिल्लाको दुर्गम गाविस हो ,यहाँ राजबंशी,ताजपुरिया,बाहुन,क्षेत्री,राइ,लिम्बु जस्ता जात जातीय सहित धेरै जात जातीहरुको समिश्रण रहेको छ !
    हाम्रो गाविसको मुख्य पेसा कृषि हो जुन आकाशे पानिको भरमा निर्भर रहनु पर्छ ! अन्यमा साधारण ब्यापार व्यबसाय र वैदेशिक रोजगार रहेको छ ! केहि ग्राबेल सडकले दमक बजार लाई जोडे पनि ति सडकहरु अत्यन्त कम्जोर अवस्थामा रहेका छन्, अन्य कच्ची सडकले गौरीगन्ज र ग्वालडुबा जस्ता बजारहरु लाई जोडेको छ ! पश्चिममा मोरंग जिल्ला पर्छ तर बीचमा रतुवा खोल परेकोले आवागमनमा अप्ठेरो परेको हुदा त्यता जनसम्पर्क निकै कम्ति रहेको छ !
    झापा जिल्ला लाई शिक्षित जिल्ला भनेर चिनिए पनि यस गाविसमा क्षिक्षाको ज्योति मधुरो रहेको छ, भर्खरै मा.बि.बाट उच्च मा.बि.मा स्तरउन्नती गरेको भद्रकाली उ.मा.बि. हो, नि.मा.बि.बाट स्तरउन्नती जनज्योति मा.बि.र जनता मा.बि.हुन्, सहिद प्रा.बि.,खयबारी प्रा.बि.,जनता प्रा.बि.गरेर यस गा.बि.स.भित्र जम्मा ६ वटा सरकारी विद्यालयहरु छन् भने अन्य केहि निजि क्षेत्र बाट संचालित क्षिक्षालयहरु पनि रहेका छन् तर यहाँ को क्षिक्षाको गुणस्तर भने निम्न कोटी को छ !
    यहाँ को राजनीतिमा माओबादी ,ने.का.,ए.मा.ले.फोरम जस्ता केन्द्रका ठुला दलहरुको बर्चसो रहेको भए पनि अन्य साना मसिना दलहरु पनि क्रियाशिल छन्, जनता सोझा, नेता धुर्त छन्, खबरदारी गर्नेको अभाव छ लामा हात गर्नेहरुको हाली-मुहाली छ ! त्यसैले करिव २० लाख आन्तरिक आम्दानी हुदा हुदै पनि नमुनाको रुपमा पिछिडिएको छ ! अब त कसैले अविकसित गाविसको उदाहरण दिदा कोहबराको नाम उच्चारण गर्न थालेका छन् ! समग्रमा यहाँको राजनीतिक दल र तिनका बिचार फरक-फरक भए पनि काममा एक रुपता छ त्यो के हो भने खुट्टा तान्ने काम र हिनामिना गर्ने काम !
    यहाँ सरकारी कार्यालयहरुमा माथि उल्लेखित क्षिक्षालयहरु, एक गाविसको कार्यालय , एक उप-स्वास्थ्यचौकी, अतिरिक्त हुलाक कार्यालय ,एक प्रहरी चौकी रहेको छ, यिनका साथै अनेक स्थानीय संघ संस्था खुले पनि केहि मात्र विधिवत रुपमा जिल्ला प्रसासन कार्यालयमा दर्ता गरिएका छन्, यस गाविसबाट वैदेशिक रोजगारिको सिलसिलामा विदेशिने क्रम पुरानै छ र अहिले त लगभग विश्वका धेरै मुलुकमा पुगिसकेका छन् तर पनि विदेशी भुमिमा स्थापना गरिएको पहिलो संस्था भने हाम्रो संस्था “प्रबास-कोहबरा सम्पर्क मंच, दोहा –कतार” नै होला !
    साथीहरु, हाम्रो गाविसबाट कतारमा आइ काम गरिरहेका आम कोहबरा- बासी साथीहरुले २-०४-२०१० कतार,(तरवार गेट)मा भएको आम भेला ले “कोहबरा एकता समाज” को स्थापना गरेको र मेरो नेतृत्व मा ९ सदस्य केन्द्रीय समिति गठन गरेको कुरा यहाँहरु मा सर्ब बिदितै छ ! स्थापनाको शुरुवातमा भोग्नुपर्ने विभिन्न समस्याका साथ-साथै यहाँका प्रतिकुल बाताबरणको कारणले गएको जुन, अगष्ट र सेप्टम्बर महिनाका नियमित बैठक बस्न नसकेको कुरा स्पस्ट पार्न चाहन्छु साथै अन्य महिनाका नियमित बैठक र नोवेम्बेर १२ गतेका दिन एक आकस्मिक बैठक बसी विभिन्न बिषयमा छलफल र निर्णय गरिएको कुरा प्रष्ट पार्दछु र अन्य अनौपचारिक भेला, भेटघाटको क्रममा विभिन्न बिषयमा बहस छलफलहरु घनिभूत ढंगले चलाइएको प्रष्ट पार्दछु,
    संस्था स्थापनाको शुरुवातीमा सदस्यता विस्तार अति आवश्यक हुन्छ यसै आबश्यकतालाई ख्याल गर्दै विभिन्न माध्याबाट सम्पर्क गरी गराई अप्रील महिना मा ३६ जना जुन महिना मा ३ जना अगष्ट महिना मा २ जना र पछिल्लो समयमा अन्य ४ गरी जम्मा ४५ जना सदस्य संख्या पुर्याइएको छ !
    प्रविधिको भरपुर उपयोग गर्ने योजना अनुरुप हाम्रो संथाको आफ्नो वेब ब्लग www.kohabara.blogstop.com र पछिल्लो समयको जल्दो बल्दो सामाजिक सञ्जाल फेसबुकमा Kohabara Online साथै सञ्चालन गरिएको छ जस मध्यमबाट विश्वको जुन सुकै ठाउँमा भएका साथीहरु बिच आपसी सम्पर्क र विचारहरु आदान प्रदान गर्न सकिरहेका छौ !
    साथीहरु यस संस्थाको नाम विचार गरियोस भन्ने प्रस्ताव माथि गहन छलफल हुदा यसको नाम परिबर्तन गरी हाल “प्रबास-कोहबरा सम्पर्क मंच,दोहा –कतार” राखिएको छ र सोहि नामले कतार स्थित नेपाली राजदुतावासमा मिति ०८ मङ्सिर, २०६७ का दिन दर्ता / टिपोट गराइएको छ, साथै यस संस्थाको मासिक शुल्कको बारेमा छलफल गर्दा चली आएको क.रि.१५ बढ्ता भयो भन्ने निष्कर्ष निकाली यो संस्था राजदुतावासमा दर्ता भएको अर्थात डिसेम्बर २०१०,महिना देखि लागु हुने गरी क.रि.१० (दस मात्र ) उठाउने भनि तोकिएको छ !
    साथीहरु, हाम्रो संस्थाको उद्देश्य भनेको यहाँ आफुमा भै परि आउने समस्याको समाधान गर्ने र आफ्नो गाविसमा केहि सामाजिक कार्यहरु गर्ने भएको हुदा, यसै क्रममा कोहबरा-७ निबासी श्री गोपीनाथ महत बिरामी भइ यहाँ महँगो औसधि उपचार गरिरहनु भएकोमा र आर्थिक सहयोग को लागि उहा ले गरेको मौखिक अनुरोधका आधारमा हाम्रो संस्थाको पहलमा हेल्थकाड बानाउन भनि हेल्थकाड बानाउन लाग्ने खर्च (कतारको सरकारी नियम बुताविक) क.रि. १०० (एक सय) चन्दा संकलन गरी उहा लाई सहयोग गरिएको छ,
    साथीहरु, काम गर्दा गर्दै विभिन्न कारणले केहि काम पुरा गर्न नसकेको र ति काम हरुलाई सम्पूर्ण साथीहरुको साथ,सहयोग पाएमा अझ जोस,जागर र हिम्मतका साथ आगामी दिनमा पुरा गर्ने प्रतिबद्धता साथ हाम्रा केहि भावी कार्यहरुलाई यहाँ प्रस्तुत गर्दछु :-
    साथीहरु, हाम्रो गाविसको बारेमा माथि नै परिचय खुलाई सकेको छु, यस्तो दुर्गम गाविसमा एम्बुलेन्सको आवश्यकताको पक्षमा यहाँ त्यति बोलि रहनु नपर्ला, कोहबरामा एम्बुलेन्स संचालनको बिसयमा हामी कसैको विवाद पनि नहोला तसर्थ आगामी एक वर्षमा “हाम्रो अभियान एक वर्ष भित्रमा एम्बुलेन्स संचालन” भन्ने नारा सहित एम्बुलेन्स संचालन सम्बन्धि कार्यक्रम बनाएको छु, जुन कार्यक्रम सफल पार्नको लागि अनुमानित बजेट नेपाली रु,८ लाख गरिएको छ र त्यसको लागि आर्थिक संकलनको खाका तयार पारेको छु र त्यसमा लाग्ने खर्च र गर्नु पर्ने प्रोसेसको लागी हाम्रो यो मंचले एउटा बृहत योजना तर्जुमा गरेको छ ! साथीहरु, हामी सब एक भइ तन ,धन र बचनले यस कार्यक्रम लाई सफल पार्न लागेमा हाम्रो योजना मुताविक एम्बुलेन्स संचालन गर्न कुनै गाह्रो पर्ने छैन ! यही अपिल म देश विदेशमा रहनु हुने -कोहबरावासी मित्रहरुलाई पनि -हाम्रो अभियानमा साथ दिन हार्दिक आहवान गर्दछु ! यसैगरी यस संस्थाको जम्मा रकम लाई एक आथिक संचालन नियमावली तयार गरी संचालन गर्ने पनि योजना रहेको छ !
    साथीहरु, सिमित स्रोत साधनका बाबजुद पनि माथि उल्लेखित काम गरेको र गर्ने योजना बनाएको मा यसलाई उचित मानी सहर्स स्वीकार गर्दै यस प्रतिबेदन लाई सर्ब सम्मित रुपमा पारित गरी दिनु हुन्छ भन्ने आशाका
    अध्यक्ष
    भिम ठाकुर

    0 प्रतिक्रियाहरु:

    Post a Comment