...जागरूप, सिर्जनशील , विकाश र परिवर्तन चाहने युवाहरुको जमघट :-

"कोहबरा अनलाइन"
आउनुस तपाइँ पनि हामी सबै सँगै हिडौ, यो डिजिटल दुनियामा ...
राष्ट्र संमृद्धि बनाउनको लागी स्थानीय तह देखिनै प्रविधिको विकासमा लाग्नु जरुरि देखिन्छ ! कोहबरा अनलाइन परिवार ! सूचना, समाचार, साहित्य संगित संगै तपाइँ हाम्रै आफ्नै कुराहरु संगै हामी संग रहनु होस् ! E - Mail : kohabarayouth@gmail.com, Thanks to visit.

प्रवास-कोहबरा सम्पर्क मंच, दोहा -कातार – एक परिचय

Posted on
  • 19 April 2010
  • by
  • Kohabara Online
  • in
  • प्रसंग :- , , , ,
  • झापा जिल्लाको कोहबरा गाविस ( वार्ड १ देखि ९ वार्ड सम्म) बाट रोजगारीको शिलसिलामा कतारमा कार्यरत सम्पूर्ण साथि भाइहरुलाई संगठित गरि भविष्यमा आइ पर्ने समस्याहरु र वर्तमानमा भएका समस्याहरुको सावधानको लागि एक भै पहल गर्ने, अनि एक आपसमा सूचना आदन प्रदान गर्नुका साथै आफ्नै गाविसमा (नेपालमा) आवश्यक सामाजिक विकाशका कार्यहरु गर्नको लागि कतारमा स्थापित समुह – “प्रवास-कोहबरा सम्पर्क मंच, दोहा -कातार” हो ! यो समुह कुनै पनि राजनैतिक आस्था, धर्म र सम्प्रदाय देखि विशुद्र अलग रहने छ !
    १. संगठनको नाम र ठेगाना : -
    • यो संगठनको नाम प्रवास-कोहबरा सम्पर्क मंच, दोहा -कातार रहने छ |
    २. ठेगाना वा सम्पर्क स्थान / व्यक्ति

    Vim Thakur
    Tel :- 5837746
    -----------------------------
    Om Bahadur Bogati
    Contact no. + 974 5164856 / 7544614
    P O Box .no : 37586
    Al-Tafao'l Pharmacy
    Doha - Qatar
    आधिकारिक ब्लग : -www.kohabara.blogspot.com रहने छ |
    ३. उद्देश्यहरु
    • संगठनमा संगठित सदस्यहरुलाई भविष्यमा आइ पर्ने र वर्तमानमा भएका समस्याहरुको समाधान गर्न एक भै पहल गर्ने !
    • कोहबरा गाविस लाइ नमुना गाविस बनाउन – सामाजिक कार्य गर्ने !
    • संगठित सदस्यहरुको व्यक्तित्व विकाशमा जोड दिने |
    ४ . लक्ष्य : -
    भोलि स्वदेशमा गर्ने सामाजिक तथा ब्यबसायिक कार्यको आधारभूत वातावरण तयार गर्ने ! ताकी सधै भरि हरेक युवा विदेश पलाएन हुनु नपरोस ! आफ्नो ठाउ आफै बनाउ अभियानमा सबैलाई सहभागी गराउने !

    1 प्रतिक्रियाहरु:

    Anonymous said...

    प्रवास-कोहबरा सम्पर्क मंच, दोहा -कातार लाई हार्दिक बधाई र अग्रिम प्रगतिको सु-भकामना
    आदरणिय कोहबरा मन्चका सम्पूर्ण साथीहरुमा यो संचारको संसारमा आफ्नो गाउ ठाउको चिनारी दिने जमर्को गर्नु भएको मा हामी कुबेतमा कार्यरत कोहबरावासी हरुको तर्फबाट हार्दिक बधाई टक्र्याउछौ ।
    साथै हामी बाट हाम्रो मन्चलाई गर्नु पर्ने हर प्रकारका सहयोग को निम्ती सदा तत्पर रहने छौ ।
    अर्जुन बहादुर बस्नेत - कोहबरा ७ झापा
    अध्क्ष्य
    प्रवासी युवा वचत समुह कुबेत झापा

    Post a Comment